एसइईको नतिजा भोली आउने

२०७६ असार १० मंगलबार ११:४५:०० मा प्रकाशित

काठमाडौं, १० असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत यस वर्ष संचालित परिक्षको नतिजा बुधबार अर्थात् भोलि प्रकाशन हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार हालसम्म उत्तरपुस्तिकाहरुको परीक्षण सकिएको र त्यसलाई रुजु गर्ने कार्य भइरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सूत्रका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगिसकेको छ । सोही कारण बुधबार नै नतीजा प्रकाशित गर्ने तयारी गरिएको छ । केहि प्राविधिक कारणले सम्भव नभएमा मात्र पर्सी अर्थात् बिहीबार नतिजा प्रकाशित गर्ने तयारी रहेको उनले बताए ।

गत वर्षको चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए। उक्त परीक्षाको नतिजा असारको सुरुवातमै गरिसक्नु पर्ने भएपनि यो वर्ष ढिलो भएको बताइएको छ ।

 

ताजा खबर