रेखा थापाकाे आक्रोशः यो कस्तो गणतन्त्र हो ?

२०७६ असार १० मंगलबार १०:४९:०० मा प्रकाशित

काठमाडौं, १० असार । सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि अभिनेत्री रेखा थापा आक्रोशित भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राज्यप्रति आक्रोशित बनेकी हुन् ।

‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो । कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ 

कार्कीलाई साेमबार महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले बालुवाटारबाट पक्राउ गरेको थियो । कार्की रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् ।

ताजा खबर