म रोइरहें, सलमान हाँसिरहेः कट्रिना 

२०७४ असार २ शुक्रबार ०८:४८:०० मा प्रकाशित

सलमान खान र कट्रिना कैफ सँगै भएपनि वा नभएपनि उनीहरु एक अर्काका लागि सधैं विशेष छन् । फिल्मफेयरका एडिटर जितेश पिल्लईसँगको एक अन्तर्वार्तामा ‘जग्गा जासूस’ स्टार कट्रिना कैफले सलमानसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरिन् । सलमान सँग ‘टाइगर जिन्दा हे’ मा पुनः स्क्रिन स्पेस सेयर गर्ने तयारीमा रहेकी कट्रिनाले सलमान सधैं उनको गुरुको रुपमा उभिएको बताइन् ।

उनले भनिन्, ‘हामी सबैलाई थाहा  छ कि सलमानको मन कति ठूलो छ र उनी सबैको निकै मद्दत गर्दछन् । तर मेरा लागि उनले सबैभन्दा राम्रो काम के गरे  भने उनले मेरो बाटो सजिलो बनाउने कोसिस गरेनन् । उनले सधैं मलाई आफ्नो समथ्र्य देखाउका लागि प्रोत्साहित गरे ।’ जब उनलाई सलमान सँग उनको सबैभन्दा रमाइलो र नरमाइलो पल कस्ता थिए भन्ने प्रश्न सोधियो तब उनले यसबारे थाहा पाउनका लागि अर्को भिन्न कार्यक्रम बनाउनु पर्ने बताइन् ।

उनले थपिन्, दिउँसो मैले सलमानलाई भेटें । म रोइरहेकी थिएँ र उनीभने हाँसिरहेका थिए । मैले त्यतिबेला सोचें कि उनी कति नराम्रो व्यक्ति हुन् भनेर । मेरो पहिलो फिल्मले मलाई निकालिदिएको थियो । म समाप्त भइरहेको थिएँ र उनी भने हाँसिरहेका छन् ।  त्यसपछि उनी शान्त भए र मलाई सम्झाउन थाले । उनले भने, ‘तिमी बुझ्दैनौं । यो कुनै ठूलो कुरा होइन ।

मलाई थाहा छ तिमी कति अगाडिसम्म पुग्छौ । यस्तो कुरा भइरहन्छन् । यस्तो किन हुन्छ, त्यो म भन्न सक्दिनँ तर अगाडि बढेपछि तिमी आफैंलाई थाहा हुन्छ कि यस्ता कुरा सामान्य हुन्छन् । आफ्नो ध्यान केन्द्रित गरिराख र कडा मेहनत गर ।’ अली अब्बास जफरका निर्देशक ‘टाइगर जिन्दा हे’ को सुटिङ चलिरहेको छ । यो फिल्म यस वर्षको डिसेम्बरमा रिलिज हुँदैछ ।

ताजा खबर