अष्ट्रेलिया जान चाहनेलाई सर्वोच्चको साथ, एनओसी नरोक्न आदेश

२०७६ असार ६ शुक्रबार १७:५०:०० मा प्रकाशित

काठमाडौं, ६ असार । डिप्लोमा तहमा अध्ययन गर्नको लागि विदेश चाहने विद्यार्थीको लागि दिइने अध्ययन अनुमति पत्र (नो अब्जेक्जसन लेटर) रोक्ने शिक्षा मन्त्रालयले निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । 

यसअघि गत जेग २९ गते मन्त्रालयले सूचना जारी गरेर डिप्लोमा तह पढ्न जाने विद्यार्थीलाई एनओसी नदिन सम्बन्धित शाखालाई निर्देशन दिएको थियो।

तत्कालका लागि अल्पकालिन आदेश जारी गरेको सर्वोच्चले यस विषयमा छलफलको लागि असार ८ गतेको पेशी तोकेको छ । 

मन्त्रालययको निर्देशनको विरुद्धमा वरिष्ठ अधिवक्ता डा. विश्वदीप अधिकारी, अधिवक्ता किशोर सापकोटा, रामदत्त ओझा र जनक सिंह साउदले सर्वोच्चमा रिट हालेका थिए । सोही रिट उपर सर्वोच्चले अन्तिरिम आदेश गरेको छ । 
 

ताजा खबर