ट्वीटको कारण फसे रणवीर सिंह

२०७६ असार ६ शुक्रबार १३:०७:०० मा प्रकाशित

एजेन्सी । विश्वकप २०१९ मा भारत पाकिस्तान र भारत बिचको खेलको लागि क्रिकेट समर्थकहरुका साथै सेलिब्रेटीहरुको पनि उत्तिकै चासो रहेको थियो ।

खेल भारतले जितेसँगै भारतीय समर्थक र सेलिब्रेटीहरुको खुशी मनाउने क्रम जारी नै रहेको छ । यसरी खुशी मनाउने क्रममा बलिउड नायक रणवीर सिंह भने लफडामा परेका छन् ।

खेल हेर्न मैदानमै पुगेका रणवीरले जितपछि भारतीय कप्तान विराट कोहलीलाई बधाइ दिएका छन् । त्यस्तै अर्का खेलाडी हार्दिक पाण्ड्यासँग सेल्फी खिच्दै ट्वीट गरेका उनले प्रयोग गरेको ‘क्याच फ्रेज’ ले उनलाई समस्यामा पार्ने देखिएको छ ।

उनले उक्त फोटोमा क्याप्सन, ‘खाने (ईट), सुत्ने (स्लीप), हावी हुने (डोमिनेट), दोहो¥याउने (रिपीट) । नाम हो हार्दिक । हार्दिक पाण्ड्या । रोक्नै नसकिने मेरो केटो ।’ लेखेका छन् ।

हार्दिकसँगै खिचिएको फोटो हालेका उनको यो पोष्टले ट्वीटरमा राम्रै चर्चा पाएपनि एक व्यक्तिले भने यसमा आपत्ती जनाएका छन् । उनले उक्त ट्वीटमा प्रयोग गरेका शब्दहरु चोरिएको आरोप लागेको छ ।

रेस्लीङ्ग खेलका अब्बल खेलाडी ब्रक लेज्नरका एड्भोकेट पल हेम्यानले रणवीरको उक्त शब्द प्रति आपत्ती जनाएका हुन् । पलका अनुसार यि शब्दहरु उनको ‘क्याच फ्रेज’ बाट चोरिएको हो ।

पलले उक्त ‘क्याच फ्रेज’ मा भएको वास्तविक शब्दहरु लेख्दै यसमा आफ्नो अधिकार भएको बताएका छन् । आफु मुद्दा मामिलाको जानकार भएको भन्दै आफुले कानूनी प्रक्रिया थाल्ने धम्की दिएका छन् ।

उक्त घटना पश्चात पलले थप केहि ट्वीट गरेका छन् । रणवीरले भने अहिलेसम्म यसको जवाफ दिएका छैनन् ।

पछिल्लो समय रणवीर आफ्नो आगामी फिल्म ‘८३’ को लागि व्यस्त रहेका छन् । भारतीय पूर्व क्रिकेटर कपिल देवको जीवनीमा आधारित उक्त फिल्मको लागि क्रिकेटसँग धेरै नै नजिकिएको बताइएको छ ।

 

ताजा खबर