एक वर्षमा रणवीरको फिल्मले कमायो ८ अर्ब

२०७६ असार ६ शुक्रबार १२:१०:०० मा प्रकाशित

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अहिले चल्तिका नायक बनेका छन् । स्टारडम भएका नायकहरु शाहरुख, सलमान र आमीर खानले बलिउडमा आफ्नो साख जोगाउन मुश्किल परेको परिप्रेक्ष्यमा रणवीरको फिल्मले भने मालामाल पैसा कमाइरहेको छ ।

पछिल्लो १२ महिनामा उनको तीन फिल्मले ८ अर्ब भारु कमाएको छ । यसअवधिमा बनेको उनको फिल्महरु ‘पद्यावत’, ‘सिम्बा’ र ‘गल्ली ब्वाय’ सबै बक्स अफिसमा सफल भएका छन् ।

यसवर्ष शाहरुखको ‘जिरो’, सलमानको ‘टाइगर जिन्दा हे’ र आमीरको ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएको छ । यस्तोमा रणवीरको तीनै फिल्म सुपरहिट भइ मालामाल कमाएपछि उनको चर्चा ह्वात्तै चुलिएको छ ।

यसरी फिल्म सफल भइ राम्रो आम्दानी गरेपछि दंग परेका रणवीरले फिल्म ‘सिम्बा’ को डाइलग, ‘म पैसाको होइन मायाको भोको छु । ’ आफुलाई ठिक हुने बताए ।

उनी आफ्नो फिल्मले पैसा कमाएकोमा खुशी छन् । उनको फिल्ममा लगानी गर्नेले पैसा कमाएको र यस्तो भइराखोस पनि उनले भनेका छन् । आफ्नो कामले फिल्म उद्योगमा योगदान दिन पाएकोमा गर्व लागेको पनि उनले बताए ।

आफुलाई हिन्दी फिल्म इन्डष्टी« अति मन पर्ने र यसको च्याम्पियन बन्न चाहेको उनले बताएका छन् ।

नायिका दीपिका पादुकोणसँग विवाह गरेर वैवाहिक जीवनको सुख उपभोग गरिरहेका रणवीरले आफ्नो आगामी फिल्म ‘८३’ को लागि प्रशस्तै मेहनत गरेको बताइन्छ । भारतीय पूर्व क्रिकेटर कपिल देवको जीवनीमा आधारित उक्त फिल्मको लागि क्रिकेटसँग धेरै नै नजिकिएको बताइएको छ ।

 

ताजा खबर