तस्बिरमा बाबुराम–हिसिलाको योग आसन

२०७६ असार ६ शुक्रबार १०:१६:०० मा प्रकाशित

काठमाडौं, ६ असार । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस । योगले स्वस्थ शरीर मानसिक सुख प्राप्त गर्ने बताइन्छ । योगले शरिरलाई तन्दुरुस्त पनि बनाउँछ । दैनिक योग गर्नाले रोग लाग्नबाट पनि बच्न  सकिने बताइन्छ ।

यसैबीच समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज योग गरेको फोटो सार्वजनिक गरेका छन् । उनले श्रीमती हिसिला यमीसहितको विभिन्न आसनको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । फेसबुकमा फोटो पोष्ट गर्दै भट्टराईले लेखेका छन् ‘नियमित योगाभ्यास गरौं स्वस्थ र सुखी बनौं । अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।’

भट्टराईकाे उक्त पाेष्टमा केहि सकरात्मक प्रतिक्रिया आएकाे छ भने केहि नकरात्मक प्रतिक्रिया पनि दिएका छन् । धेरे प्रतिक्रियाहरू याेग दिवसकाे शुभकामना दिइएकाे छ । '

ताजा खबर