‘बाबु कान्छा’ शुभमूहुर्त, छायाँकन आजदेखि 

२०७४ असार २ शुक्रबार ०८:४२:०० मा प्रकाशित

 काठमाडौं, २ असार । शोभित बस्नेतको निर्देशन रहने चलचित्र  ‘बाबु कान्छा’ को शुभ मुहूर्त गरिएको छ ।  सुन्धारा स्थित सिटिसि महलमा आयोजित एक कार्यक्रममा चलचित्रको मुहूर्त गरिएको हो । केहि बर्षको ब्रेक लिएर शोभितले चलचित्र निर्देशन गर्न लागेका हुन् । काठमाडौ, चितवन र दुवईका आकर्षक स्थानमा खिचिने चलचित्रको आज शुक्रबारबाट छायाँकन सुरु हुँदैछ । चलचित्रमा ८० लाख लाग्ने अनुमान निर्माण युनिटले गरेको छ । 

अभिनेत्री पुजा शर्मा, अभिनेता आमेश भण्डारी, महानगरी प्रहरी परिसद काठमाडौका प्रमुख एसएसपि छबिलाल जोसी, चलचित्र ए मेरो हजुरका नायक सलिमान बाँनिया लगायतलाई निर्देशन, क्यामरा, नरिवल, क्ल्याप लगायतको जिम्बेवारी सुम्पदै निर्माण युनिटले चलचित्रको मुर्हत गरेको हो । 

कलाकार सरोज खनाल र अभिनेता सलोन बस्नेतले चलचित्र भित्रको केही सम्बाद बोल्दै मुर्हत सट दिए । मुर्हत सटमा उनीहरुले गुरु चेलाको रुपमा दिएका थिए । मुर्हत सटको आधारमा अनुमान लगाउने हो भने चलचित्र भित्र सरोज र सलोनको गुरु चेलाको भुमिका रहेको छ । 

लेखन समेत शोभितकै रहेको चलचित्र सलोनको प्रस्तुतिमा उनले नै निर्माण गर्न लागेका हुन् । चलचित्रमा सलोन बस्नेत, करिस्मा श्रेष्ठ, ऋतिका शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संगौला, गिता अधिकारी, सुसान्त श्रेष्ठ लगायतको अभिनय रहनेछ । 

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा संगीत टंक बुढाथोकीको रहने छ । छायाँकन बाबु श्रेष्ठ, नृत्य कबिराज गहतराज, निर्माण नियन्त्रक सुभास काफ्ले रहेको चलचित्रका कार्यकारी निर्माता रबि अधिकारी हुन् । 

ताजा खबर