लामो अन्तरालपछि करीना र सैफ एउटै फिल्ममा

२०७६ असार ४ बुधबार १३:१२:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्ममा जोडीको रुपमा काम गर्दै वास्तविक जीवनकै जोडी बनेका नायिका करीना कपूर र नायक सैफ अली खान फेरी एक पटक एउटै फिल्ममा देखिने भएका छन् ।  

यसअघि फिल्महरु ‘टशन’, ‘ओमकारा’ र ‘कुर्बान’ मा यि दुईले सँगै काम गरेका थिए । पछिल्लो समय भने फिल्म ‘ह्याप्पी इन्डिंग्स’ मा यि दुईलाई एउटै पर्दामा देखिएको थियो । उक्त फिल्ममा करीनाको छोटोमात्र भुमिका रहेको थियो ।

सैफ अली खानको आगामी फिल्म ‘जवानी जानेमन’ मा पनि करीनाले यस्तै सानो भुमिकामा देखिने बताइएको छ । फिल्ममा करीनाले सैफको पूर्व प्रेमिकाको भुमिकामा काम गर्ने बताइएको छ ।

करीना पनि आफ्नो फिल्म ‘अंग्रेजी मिडियम’ को शुटिङको लागि लण्डन नै रहेको र सैफ पनि ‘जवानी जानेमन’ को शुटिङको लागि त्यहि रहेका छन् । छोरो तैमूरलाई पनि सँगै लगेको यस जोडीले फिल्ममा सँगै काम गर्ने खबर अहिले चर्चित भइरहेको छ ।

विवाह पश्चात पनि सैफ र करीना उत्तिकै व्यस्त रहेको बताइन्छ । यि चर्चित जोडी लामो समयपछि एउटै फिल्ममा देखिने खबरलाई सकारात्मक मानेपनी करीनाको छोटो भुमिका रहेकोले यसले व्यापारमा खासै फरक नपार्ने विश्लेषण गरिएको छ ।

यि दुई जोडीलाई लिएर बनाएको पुरा फिल्म हेर्नको लागि दर्शक लालायित रहेको बताइन्छ ।  

 

ताजा खबर