दुई तिहाई सरकार: कायर, निम्छरो र नकच्चरो तर्क

२०७६ असार ३ मंगलबार ११:५३:०० मा प्रकाशित

दुई तिहाईको ऐतिहासिक र बलियो सरकार किन यस्तो कायर, निम्छरो र नकच्चरो तर्क गर्दछ ?

*****
*****

आफू हतारहतार कुनै कार्ययोजना तयार नै नगरी वाइडबडी खरिदको निर्णय गर्दछ रकम सबै भुक्तानी गर्दछ, 
झन्डै पाँच अर्व भ्रष्टाचार भएको कुरा आउँछ ,
विभागीय मन्त्रीको संलग्नताको कुरा आउँछ , 
सरकार कुनै छानवीन गराउँदैन, 
आफ्ना मन्त्रीलाई निर्दोष घोषणा गर्दछ अनि अघिल्लो सरकारले कुरा अघि बढाएको भनेर पन्छिन्छ I 
यो सरकार आफू वाइडबडी भ्रष्टाचारमा संलग्न नभएको भए र काङ्ग्रेसको कुनै मन्त्री वा प्रधानमन्त्रीको संलग्नता देखिएको भए उनीहरूलाई बाँकी राख्थ्यो ?

*****
बालुवाटारको प्रधानमंत्री निवाश लगायतको सरकारी जग्गा हिनामिना हुन्छ आफ्नै पार्टी नेतृत्वको पूर्ववर्ती सरकार सहित आफ्नै हालवाला महासचिव जोडिन्छन् सो हिनामिनाको प्रकरणमा ! 
सरकारका मानिस हत्तनपत्त आफ्ना मानिस निर्दोष भएको फैसला सुनाउँछन् !

****
अनि आफैं समेत संलग्न २०४६ सालको जनआन्दोलनपछिको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले विशुद्ध नीतिगतरुपमा प्रजातान्त्रिक आन्दोलनको क्रममा सो आन्दोलनमा संलग्न भए वापत तत्कालिन सरकारले सर्वश्व हरण गरिएका व्यक्तिको जमिन फिर्ता दिनेबारे गरेको निर्णय अघि सारेर आफ्ना निकटका भूमाफियाहरूको भ्रष्टाचारलाई कानुनी आधिकारिकता दिने दुष्प्रयास गर्दछ I

*****
सरकारी पक्षका मानिस गुठी विधेयक ल्याउनेबारे २०५८मा शेरबहादुर देउवा नेतृत्वको सरकारले. विधेयकको गृहकार्य गरेको कुरा उठाइरहेका छन् ! 
त्यो सरकार पछि दुइटा नयाँ संविधान आइसके !
झन्डै एक दर्जन सरकार बने होलान !
दुई दशक अघि देउवा सरकारको कसैले त्यो बारे जे सोचेको थियो हामीले त्यही सोच अनुसार गरेको भन्ने ?

*****

स्मरणीय के पनि छ भने ओली सरकार आउने बित्तिकै लगत्तै अगाडिको देउवा सरकारका कतिपय निर्णयहरूलाई एक मुष्ट खारेज गर्ने निर्णय गरेको थियो --
आफ्नो पक्षलाई फाइदा हुने कुरा देउवा सरकारले गरेको सबै निर्णय एकैसाथ खारेज गर्न पछि नहट्ने सरकारले २०५८ सालमा गणतन्त्र नआउँदै राजाको शासनकालमा कुनै विषयमा गृहकार्य भएको थियो भनेर आफ्ना अनुचित कार्यको ढाकछोप गर्ने ?

*****

एउटा त तत्कालिन देउवा सरकारले जुन विधेयकको प्रारम्भिक कार्य गरेको थियो , विधेयक दर्ता गरेको थियो - त्यसको आधारमा दुइ दशक पछिको सरकारले आफ्नो कार्यको वैधता खोज्नु हद दर्जाको कायरता हो I 
निम्छरो र नकच्चरो तर्क हो ! (विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूक टिप्पणी)

ताजा खबर