किन रिसाइन् कृति सेनन ?

२०७६ असार २ सोमबार १६:४८:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका कृति सेनन अहिले चर्चाको शिखरमा छिन् । उनको पछिल्ला फिल्महरु ‘बरेली कि बर्फी’ र ‘लुका छुपी’ बाट प्रशंसा कमाउन सफल भएकी छिन् । उनको ठुलो फिल्महरु ‘पानीपत’, ‘हाउसफुल ४’ र ‘अर्जुन पटियाला’ आउने क्रममा रहेको छ । 

नायिकाका रुपमा चर्चित उनले फिल्म ‘कलंक’ को एक गीतमा नृत्य गरेर पनि वाहवाही पाएकी थिइन् । चर्चाले दंग परेकी उनको गीतलाई ‘आइटम डान्स’ भनेकोमा पनि आफुलाई रिस उठ्ने बताएकी छिन् । 
‘ऐरा गेरा’ गीतमा उनले राम्रो नृत्य गरेको तर त्यसलाई ‘आइटम नम्बर’ को सूचीमा राखेपछि उनी बेखुशी रहेको उनले बताएकी छिन् । 

एक अन्तर्वार्ताको क्रममा उनले यसबारे खुलासा गरेकी हुन् । कुराकानीको क्रममा उनले भनिन्, ‘यस्तै गीतमा सलमान खान र शाहरुख खानले डान्स गर्दा त्यसलाई आइटम नम्बर भनिँदैन । ’ 

चल्तीका पुरुष स्टार र महिला स्टारलाई भेदभाव गरेको उनको गुनासो रहेको बताइन्छ । आइटम शब्दले नायिकाहरुको सम्मान ठेश पुग्ने उनको आशय रहेको बताइन्छ । 

उनले भनिन्, ‘दर्शकले यस्तो विशेष नृत्य मन पराउँछन् । यो एउटा ‘डान्स नम्बर’ हो । आइटम नम्बर भन्दा यसले गलत आशय दिन्छ ।’

ताजा खबर