सलमान विरोधी सोना यसो भन्छिन्

२०७६ असार २ सोमबार १३:५१:०० मा प्रकाशित

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठुलो रहेको छ । उनको अनुहार हेर्नमात्र शुटिङ स्थलमा ठुलो संख्यामा दर्शक आउने हुनाले भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।

गएको ईद चाडमा सलमानलाई शुभकामना दिनमात्र उनको निवास अगाडि हजारौं समर्थक उपस्थित भएको खबर आएको थियो । भारतमा अति मन पराइएका यस्ता सलमान खानको पनि केहि संख्यामा विरोधी रहेका छन् । यस्तै एक विरोधी हुन् गायिका सोना महापात्र ।

सलमानको फिल्म ‘भारत’ को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको ट्वीटमा कमेन्ट गर्दै उनले फेरी सलमान विरुद्ध बोलेकी छिन् । बक्स अफिसले ट्वीट मार्फत् उक्त रिपोर्ट सार्वजनिक गर्दैै फिल्म ‘भारत’ ले रिलिजको दुई हप्ता हुन लाग्दा करिब २ सय करोड भारु कमाउन लागेको उल्लेख गरेको छ ।

सोनाले उक्त ट्वीटमा टिप्पणी गर्दै लेखेकी छिन्, ‘प्रश्नः फिल्म चलाउन अनेक उपाय गर्दै  प्रबद्र्धन गर्ने र पोष्टर टाँसेपनी एक हप्ता राम्रो आम्दानी गर्न नसक्ने फिल्मी सुपरस्टारलाई के भनिन्छ ? उत्तरः पेपर टाइगर ।’

उनले थप लेखेकी छिन्, ‘प्रिय भारत, यस्ता कागजी बाघ (पेपर टाइगर) को पूजागर्न छोडौं । यि भन्दा योग्य हिरो खोजौं । ’

उनको यो ट्वीट सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ । उनले सलमानको विरोधमा अभिव्यक्ती दिएको यो पहिलो अवसर भने होइन । यसअघि प्रियंका चोपडाले बिहे गर्न लागेकोले फिल्म ‘भारत’ छोडेको विषयमा सलमानले बोलेका थिए । उनले बिहेको लागि फिल्म छोडेर प्रियंकाले राम्रो गरेको बताएका थिए ।

उक्त समय पनि उनले प्रियंकासँग राम्रो कामको लागि मात्र समय भएको तर सलमान जस्तोसँग काम नगनुै ठिक भएको भन्दै ट्वीट लेखेकी थिइन् ।
यि दुईको सम्बन्ध तिक्तता पूर्ण रहेको र तत्कालै सुध्रने छाँट नदेखिएको विश्लेषकहरुले बताइरहेका छन् ।


 

 

ताजा खबर