मदन पुरस्कार घनश्यामलाई, वात्सायनलाई जगदम्बाश्री

२०७४ भदौ ११ आइतबार १७:१७:०० मा प्रकाशित

काठमाडौं, ११ भदौ ।  मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ र  जगदम्बाश्री (वात्स्यायन) दुर्गा बराललाई दिने निर्णय भएको जनाएको छ ।

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीले गरेको हो ।

मदन पुरस्कार २०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।

यसैगरी जगदम्बाश्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गरिने भएको छ।

ताजा खबर