धरापमा हिमालयन बैंक

२०७६ जेठ ३२ शनिबार ०७:४९:०० मा प्रकाशित

काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो अवस्थामा पुगेको हो ।

लगानी गरेको रकम नउठने हो र यही क्रम लामो समय रहने हो भने बैंक टाट पल्टन सक्ने अनुमान समेत गर्न थालिएको छ । बैंकको खराव कर्जा एकाएक बढेको छ । बैंकले सार्वजनिक गरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणमा खराव कर्जा उच्च भएको देखाएको छ । अघिल्लो चैतमा बैंकको खराब कर्जा ०.१२ प्रतिशत विन्दु रहेकोमा यस वर्षको चैतमा बढेर १.३१ प्रतिशत पुगेको छ । अधिकांश बैंकको खराव कर्जा १ प्रतिशत भन्दा कम छ । तर, खोल्सा खाल्सी, बगर लगायतमा अन्धाधुन्दा ऋण लगानी गर्न पुग्दा हिमालयन बैंकको खराब कर्जा बढेको बताइन्छ ।

हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर कमजोर भएको राष्ट्र बैंकको ठ्म्याई छ । हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर (क्वालिटी) मा केन्द्रीय बैंकले प्रश्न उठाएको छ । हिमालयन बैंकले आक्रामक रुपले कर्जा विस्तार गर्नतिर लाग्दा कमजोर ऋण प्रवाह गरेको खुलासा भएको छ । बैंक प्रति सर्वसाधारणको विश्वासनियता कम हुँदै गएपछि निक्षेप संकलनमा क्रमिक रुपमा ओरालो लाग्न पुगेको छ । बैंकले गत चैत महिनामा प्रकाशित वित्तीय विवरणमा निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ । यो यति धेरै पुरानो बैंकका लागि ज्यादै न्यून हो । ऋण लगानी १३ प्रतिशतले बढाएको छ । ऋण लगानी नगरी बैंकले नाफा कमाउँदैनन् । तर, लगानी भएको रकम नउठने खालको भएपछि बैंक समस्यामा पर्दै गएको हो ।

राष्ट्रले हिमालयन बैंकलाई संयमित भएर ऋण लगानी गर्न आग्रह गरेको छ । हिमालयन बैंकले धितोमा राखेको जग्गाको बढी मूल्याकंन गरेर ऋण प्रवाह गरेको छ । ऋण लिने व्यक्तिलाई सावाँ र ब्याज तिर्दा महंगो पर्ने भएकाले धितो राखेको जग्गा नै माया मार्दै आएका छन् । यसले गर्दा बैंकलाई अप्ठयारो परेको हो । हिमालयन बैंकले आक्रमक रुपमा कर्जा बिस्तार गरेपछि राष्ट्र बैंकले सुष्म रुपमा ऋण लगानीको गुणस्तरक अध्ययन गरिरहेको छ ।

सर्वसाधारणको मन जित्न नसक्दा बैंकले नक्षेप खासै बढाउन सकेको छैन । तर, ऋण प्रवाह आक्रमक र उच्च छ । घरजग्गा क्षेत्रमा कमसल खालको कर्जा प्रवाह गरेकाले पनि बैंकहरुको खराब कर्जा बढेको राष्ट्र बैंकको ठहर छ  । बैंकको गत चैतसम्मको विवरणमा कोषको लागत र खराब कर्जा बृद्धि भएको छ । यसले गर्दा बैंकको नाफा खासै बढन सकेको छैन् । वित्तीय विवरण प्रकाशित गरेका अधिकांस बैंकको नाफा औषतमा ३० प्रतिशतले बढेको देखिन्छ । तर हिमालयन बैंकको १० प्रतिशतको मात्रै सुधार देखिएको छ ।

बैंकले गत चैतसम्म दुई अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ । जवकि हिमालयन बैंकसँगै स्थापना भएका बैंकको नाफा २ अर्ब भन्दा माथि छ । हिमालयन बैंकको पोहोर यतिबेलाको नाफा एक अर्ब ८२ करोड रुपैयाँ थियो । कस्ट अफ फण्ड ०.३३ प्रतिशत विन्दुले बढेर ६.६८ प्रतिशत पुगेको छ । प्रकाश खबरले लेखेको छ-  एक वर्षको अवधिमा ऋण प्रवाह उच्च दरले बढेको तर ऋण असुलीका लागि विशेष व्यवस्था गरिएको छैन् । खराब कर्जा घट्नुको साटो अस्वभाविक रुपले बढेको विज्ञहरु बताउँछन् । हिमालयन बैंक ऋणको गुणस्तरमा प्रश्न उठाएको राष्ट्र बैंकको उच्च स्रोतको भनाइ छ । हिमालयन बैंकले भने त्यस्तो आरोप सही नएको दावी गरेको छ ।

 

ताजा खबर