धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

२०७६ जेठ ३१ शुक्रबार ११:२४:०० मा प्रकाशित

बैतडी, ३१ जेठ । क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।  
 उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिए । सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा लागेको खर्च कटाएर बाँकी रकम  क्याम्पसको पूर्वाधार विकासमा खर्च गरिने उनले बताए । महोत्सवमा स्वयं क्याम्पस प्रमुख कार्कीले सबैभन्दा बढी रु एक लाख २१ हजार १२१ दान गरेका थिए ।  

    जेठ २२ गतेदेखि शुरु भएको धार्मिक महोत्सव बिहीबार सम्पन्न भएको हो । २०६९ सालमा स्थापना भएको श्रीकोट बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हँुदै आएको छ ।  ग्रामीण क्षेत्रमा पहिलोपटक स्तातकोत्तरसम्मको पढाइ सञ्चालन गर्ने उक्त क्याम्पस बैतडी जिल्लामै पहिलो क्याम्पस हो ।  रासस

ताजा खबर