वास्तुले भन्छ, यसरी हुन्छ धनवृद्धि

२०७६ जेठ ३१ शुक्रबार ११:०९:०० मा प्रकाशित

एजेन्सी । वास्तुशास्त्रको अनुसरण पौराणिक समय देखि नै गरिँदै आएको भएपनि पछिल्लो समय यसको आकर्षण ह्वात्तै बढेको छ ।

यसको आधुनिक व्याख्या गर्न शुरु भएसँगै वास्तुप्रति मानिसहरु सजग हुँदै गइरहेको पाइन्छ । वास्तुले घरमा हुने शक्ति सन्तुलनलाई मिलाउन सुझाउने र यसो गरिँदा फलिफाप हुने गरेकोले पनि मानिसहरु वास्तु प्रति चनाखो हुने गरेका छन् ।

घरमा पैसा राखिने स्थानले पनि धनको प्रभाव र यसको वृद्धिमा प्रभाव पर्ने यस शास्त्रमा उल्लेख रहेको बताइन्छ । पैसा राखिन प्रयोग गरिने दराज, लकर तथा सेफजस्तो साधनको सहि स्थानमा राखिनु जरुरी रहेको छ ।

उक्त शास्त्रमा उल्लेख भएअनुसार दक्षिण तर्फको भित्तामा पर्ने गरी यि पैसा राखिने दराज, लकर र सेफ राखिनुपर्छ । भित्तामा भने ति साधन छुन हुँदैन, भित्ताबाट कम्तिमा २ इन्च टाढा यि साधन राख्नुपर्ने मान्यता रहेको छ ।

त्यस्तै ति धन राख्ने साधनको ढोका खुल्दा उत्तरतर्फ खुल्नु पर्दछ । त्यस्तै सकेसम्म यस्तो धन राख्ने स्थानमा एउटामा ढोका हुनु उपयुक्त मानिन्छ ।
कतिपय मानिस धार्मिक हुँ भन्दै घरको हरेक पाटोमा भगवानको तस्विर लगाउने गर्छन् । तर धन राख्ने दराजमा भगवानको फोटो राख्नु शुभ मानिँदैन । भगवानको फोटोलाई पुजा गर्ने स्थानमा राख्नुनै उपयुक्त मानिन्छ ।

यि कुरालाई ध्यानमा राख्न जरुरी छ

१. कोठाको उत्तर पूर्वी अर्थात् ईशान्य कोणमा पैसाको दराज राख्नु हुँदैन । यसले धनको अनावश्यक खर्च मात्र गराउँछ ।

२.  दराज राख्ने स्थान मुनिको जमिन सर्लक्क मिलेको हुनुपर्छ । दराज टेढो बस्ने किसिमको हुनुहुँदैन ।

३. धन राख्ने दराजलाई स्वस्तीक लेख्दै शुभमुहुर्तमा स्थापना गर्नुपर्छ । श्रवण, धनिष्ठा, स्वाती, पुनर्वसु, शतभिषा, उत्तरा, रोहिणी नक्षत्रलाई शुभ मानिन्छ । त्यस्तै लक्ष्मी पूजाको दिन पनि स्थापना गर्न सकिन्छ ।

४. सामान्यतया हाम्रो घरहरुमा धन राख्ने दराजको पूजा लक्ष्मी पूजाको दिनमा मात्रै गरिन्छ । तर मंसिर महिनाको प्रत्येक बिहिबार र शुक्रबार पनि दराजको पूजा गर्नु उपयुक्त हुन्छ ।

५. धन राख्ने दराजमा माकुराको जालो र धुलो जस्ता फोहोर हुनुहुन्न । यसले धनकी देवी अप्रसन्न हुने बताइन्छ ।

६. धन राख्ने दराजको रंग गाढा हुनुहुँदैन । यसको विपरित हल्ला रंगको प्रयोग हुनु जरुरी छ ।

 

 

ताजा खबर