अष्ट्रेलियन नायकले छोरीको नाम ‘इन्डिया’ राखे, कारण यस्तो छ

२०७६ जेठ २९ बुधबार १६:४९:०० मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन अभिनेता क्रिश हेम्सवर्थले आफ्नी छोरीको नाम इन्डिया राखेका छन् ।

आफ्नो छोरीको नाम इन्डिया राख्नुको कारण खोल्दै उनले भने ‘म र मेरी पत्नी एल्सा पेटाकीको मनमा भारत देशको लागि विशेष स्थान रहेको छ । त्यसैले हामीले हाम्री छोरीको नाम इन्डिया राखेका हौं।’

उनले थपे, ‘म र मेरी श्रीमतीले भारतमा लामो समय बिताएका छौं । यहाँबस्दा हामी सोही कारण छोरीलाई यस देशको नामबाटै नामाकरण ग¥यौं।’

उनी नेटफ्लीक्सको वेबसिरिज ‘ढाका’ को शुटिङको लागि भारतको शहरहरु अहमदाबाद र मुम्बईमा लामो समय बसेको बताइन्छ । नायक क्रिश भारतमा बस्दा यहाँका फ्यानहरुले देखाएको अपार मायाको कारण पनि यस देशप्रति उनको लगाव उच्च रहेको उनले बताएका छन् ।

फिल्म शुटिङको क्रममा ठुलो संख्यामा उपस्थित हुने दर्शकले क्रिशको कामको सराहना पनि गरेको उनले बताए ।

कान्छी छोरी इन्डिया बाहेक क्रिश र एल्साका शासा र ट्रिस्टेन नामका अन्य दुई सन्तान छन् ।

अष्ट्रेलियन नायक क्रिशले ठुला फिल्महरु ‘थोर’, ‘एभेन्जरः इन्डगेम’, र ‘थन्डर’ जस्ता सफल फिल्महरुमा काम गरिसकेका छन् ।

ताजा खबर