फिल्ममा पनि रणवीरकी पत्नी बन्दै दीपिका

२०७६ जेठ २८ मंगलबार १६:०९:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक रणवीर सिंह आगामी फिल्म ‘८३’ लाई लिएर लामो समयदेखि चर्चामा छन् । यसरी चर्चा हुनुमा उनको श्रीमती दीपिका पादुकोणको ठूलो भूमिका रहेको बताइन्छ ।

सरी चर्चामा हुनुको मुल कारण चाहिं यि वास्तविक जीवनको जोडीले फिल्ममा पनि श्रीमान् तथा श्रीमतीको भुमिकामा देखिनु रहेको बताइन्छ । उक्त फिल्ममा पूर्व भारतीय क्रिकेटर कपिल देवको जीवनीमा आधारित रहेको छ । रणवीरले कपिल देवको भुमिकामा काम गर्नेछन् भने दीपिकाले कपिलकी श्रीमती रोमी भाटियाको भुमिकामा देखिने भएकी छिन् ।

हालसालै विवाहबन्धनमा बाँधिएका यि स्टार जोडीको विवाह पछिको यो पहिलो फिल्म हुने भएको छ । दीपिका फिल्म सुटिङका लागी लण्डन गएकी छिन् ।

यो जोडीले यसअघि सन्जय लिला भन्शालीको फिल्म ‘रामलीला’ मा काम गरेका थिए । फिल्म आगामी वर्षको अप्रिल १० मा रिलिज हुने बताइएको छ ।

फिल्मको लागि रणवीरले क्रिकेटको विशेष प्रशिक्षण लिनुको साथै कपिल देवसँग पनि लामो समय बिताएको बताइन्छ ।

ताजा खबर