३७ वर्षको उमेरमा ईशा देवलको दोश्रो सन्तान

२०७६ जेठ २८ मंगलबार १३:१२:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी पूर्व नायिका ईशा देवल ३७ वर्षको उमेरमा दोश्रो पटक आमा बनेकी छिन् । सोमबार राती उनले छोरीलाई जन्म दिएको खबर बाहिरिएको छ ।

बलिउडका चर्चित जोडी धमेन्द्र र हेमा मालिनीकी छोरी ईशाले आफ्नो इन्स्टाग्राममा एक तस्विर राख्दै आफु छोरीको आमा बनेको सार्वजनिक गरेकी छिन् । उनले छोरीको तस्विर भने सार्वजनिक गरेकी छैनन् ।

उनले सोही पोष्ट मार्फत् छोरीको नाम मिराया तख्तानी राखेको पनि बताएकी हुन् । उनले सन् २०१७ मा जेठी छोरी राध्यालाई जन्म दिएकी थिइन् ।

ईशा देवलले भरत तख्तानीसँग विवाह गरेकी थिइन् । उनले विवाहअघि बलिउडमा ‘कोई मेरे दिल से पुछे’,  ‘ना तुम जानो ना हम’, ‘चुरा लिया हे तुमने’ जस्ता थुप्रै फिल्ममा काम गरेकी थिइन् ।

बलिउडमा खासै जम्न नसकेकी उनी पारिवारिक जीवनमा भने खुशी रहेको बताइन्छ । उनकी आमा हेमा मालिनीले हालै भारतको लोकसभा चुनावको दोश्रो पटक विजय पाएकी छिन् भने उनको सौतेनी दाजु सन्नी देवल पनि उक्त चुनावमा विजयी भएका थिए ।

 

 

ताजा खबर