पाइलटले हेलचक्याँइ नगरेको नेवानिको दाबी

२०७६ जेठ २८ मंगलबार ११:२६:०० मा प्रकाशित

काठमाडौं, २८ जेठ । गत आइतबार काठमाडौंबाट दिल्ली जान लागेकोे जहाजमा पाइलटले हेलचक्र्याँइ गरेको समाचारलाई नेपाल वायुसेवा निगम (नेवानि) ले खण्डन गरेको छ ।

आरए २०५ कलसाइन भएको उक्त जहाज आइआरएस शुरु नगरी उडान गरेको र ट्याक्सी वेमा पुगेपछि मात्र उक्त प्रणाली सुरु गरेको समाचार आएपछि नेवानिलाई गम्भिर संकट परेको बुझिएको छ । उक्त कार्यबाट यात्रुको सुरक्षा खतरामा रहेको बताउँदै थुप्र्रै अनलाइनले उक्त समाचार लेखेको थियो ।

पछिल्लो समय गन्तव्य बढाउन नसकेर हैरान परेको नेवानिलाई यस्तो गम्भिर आरोप आएपनि आरोप लगाएजस्तो केहि नभएको दाबी नेवानिले गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै ट्याक्सी वे मा आइआरएस सुचारु गरेको भन्ने खबरको नेवानिले खण्डन गर्दै, ‘जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल्कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पुर्याउने भएकोले त्यसको पूर्ण खण्डन गरिन्छ'  भनेको छ ।

एटीसीले ट्याक्सी वे मा रहँदा अर्को जहाज ११ डिएमई मा आउँदै गरेकोले तत्कालै उड्न सक्ने जानकारी दिएपनि पाइलटले उक्त जहाज ल्याण्ड गरेपछि मात्र उडान गर्ने भनेकोले मात्र ट्याक्सी वे मा रोकिनुपरेको जनाएको छ ।

यस्तो छ नेवानिको विज्ञप्ती

 

ताजा खबर