प्रधानमन्त्री ओलीको युरोप पर्यटन

२०७६ जेठ २७ सोमबार ०७:४०:०० मा प्रकाशित

प्रधानमन्त्री केपीशर्मा ओली नियमित विदेश भ्रमणमा रुचिराख्ने नेपाली नेतामध्ये सबैभन्दा शीर्ष स्थानमा पर्दछन । हालै उनले भियतनाम र क्याम्बोडियाको भ्रमण गरेका थिए । त्यो भ्रमण “प्याकेज टूर” मा मिलाइएको जस्तो थियो । पर्यटन ब्यबसायीले तीदुइ देशको प्याकेज मिलाउने गरेका छन । शनिवार उनी स्वीटजरल्याण्डतिर हिंडेका छन । स्वीटजरल्याण्डको भ्रमण सकेर उनी बेलायतपुग्नेछन । त्यहाँउनको भेट बेलायतकी महारानीसंग हुने प्रवलसम्भावनाछ ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमण यस्तो बेलामा परेको छ कि त्यहाँका प्रधानमन्त्री मेले राजिनामा दिएकी छिन । प्रधानमन्त्री मे बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने बिबादको निर्णायक टुंगो लगाउन प्रधानमन्त्री भएकी थिइन । उनी त्यसमा सफल नभएपछि आँखाबाट दशधारा आँशु बहाउँदै सरकार छाडिन । सरकारसंगै उनले पार्टी सभापतिको पद पनि त्याग गरिन । कामचलाउ प्रधानमन्त्रीका रुपमा नेपाली प्रधानमन्त्रीको स्वागत मेले नै गर्नेछिन । बेलायती सत्ता संक्रमणको समयमा बेलायत पुगेका प्रमओलीसंग त्यहाँको सरकारले के कुरा गर्ला र ? तैपनि, नेपालकाकेहीआशामुखी पत्र–पत्रिकाले उनको भ्रमणले गोर्खा सैनिकसंग सम्बन्धित समस्या समाधानगर्ने आशा राखेका छन । गोर्खा सैनिकसंग सम्बन्धित समस्यात्यति सजिलै समाधान हुने भए उहिल्यै यो समाधान भै सक्ने थियो । बाँकी, बाटो–घाटो, पुल–नहर लगायतका सहायता नियमित भै हाले ।

प्रधानमन्त्री ओलीलाई बिश्वका बिभिन्न चर्चित मानिसहरुको प्रतिकृति“मैनको पुतला”बनाएर सजाउने म्याडम टुसाद म्युजियमले निम्त्याउँछ कि निम्त्याउँदैन ? त्यो थाह भएन । म्याडम टुसादका संचालकहरुलाई नेपालका प्रधानमन्त्रीको चमत्कारिक ब्यक्तित्वकाबारे पक्कै पनि थाह हुनु पर्दछ । उनी एक त्यस्ता ब्यक्तित्व हुन् जो खातकाखात रंगीन सपना देख्नमा माहिर छन । उनी आपूmले देखेका सपनालाई यथार्थमा परिणत गर्ने सपना कहिल्यै देख्दैन । पहिलो पटक उनको भाषण सुन्ने कुनैपनि नेपाली उनको शब्द चयन र त्यसलाई अभिब्यक्त गर्ने शीप देखेर अभिभूत हुन्छन । हिजो नेपालमा गणतान्त्रिक ब्यबस्थाको खोजीगर्ने लाई उनी वयलगाडा चढेर अमेरिका नपुगिने उखान सुनाउँथे । बबुरा, अहिले आफैं गणतान्त्रिक ब्यबस्थामा प्रधानमन्त्री छन । प्रधानमन्त्री ओलीको चमत्कारिक ब्यक्तित्वका बिभिन्न पक्षकाबारे बेलायती समाजलाई जानकारी दिन नेपाल सरकारको परराष्ट्र मन्त्रालयले के कस्तो ब्यबस्था मिलाएको छ ? त्यो सार्वजनिक भएको छैन । सुनेको कुरा, श्री ३ महाराजचन्द्र बेलायत भ्रमणबाट फर्किएपछि भजन मण्डलीले “चन्द्र मयूख” पुस्तक लेखेर उनको अभिनन्दन गरेको थियो । प्रधानमन्त्री ओलीको भ्रमणपछि अनुयायी कार्यकर्ताले “ओलीमयूख” प्रकाशित गरे भने के आश्चर्य ?

बेलायत जानुभन्दा पहिले प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको अन्तराष्ट्रिय शहर जेनेभा पुग्नेछन । त्यहाँ आइएलओले आयोजना गरेको सभामा भाग लिनेछन । प्रधानमन्त्री ओलीको पूर्ववर्ती पार्टी एमालेका मजदूर नेता र आइएलओका अधिकारीबीच सुमधुर सम्बन्ध रहेकोछ । त्यसैले प्रधानमन्त्री ओलीको स्वीटजरल्याण्ड बसाई सुविधाजनक र आनन्ददायी हुनेछ । पक्कै पनि, प्रधानमन्त्री ओली यहाँबाट जेनेभा जाने अरु नेताहरु जस्तो त्यहाँ रहेको नेपाली मिसनको सानो घरमा कोचिएर बस्न चाहने छैनन । जेनेभा निवासी कुनै नेपालीको घरमा घुस्रिने त झन कुरै आएन । होटलमा नै बस्नु पर्यो । प्रधानमन्त्री जस्तो मानिस लरतरो होटलमा बस्ने कुरा आएन । उसै पनि स्वीटजरल्याण्ड भाउ बेसाहका मामिलामा सस्तो देश होइन । त्यसमा पनि जेनेभा संयुक्त राष्ट्रसंघको युरोपीय हेडक्वार्टर नै भयो । युरोपको न्यूयोर्क । भनेपछि, त्यो ठाउँ कतिमहँगो होला ? सहजअन्दाज गर्न सकिन्छ । कुरा अर्को पनि छ । ओमेगा, रोलेक्स, राडो लगायतदर्जनौं अन्तर्राष्ट्रिय ब्राण्डका घडीहरुको शहर पनिहोे जेनेभा । जेनेभाको मूल बजारमा पुगी सकेपछि प्रधानमन्त्री ओली र म्याडम प्रधानमन्त्रीले आफनो लोभ संवरणगर्न गाह«ैछ । बाँकी कुरा पाठकहरुले स्वयं अन्दाज लगाउन सक्नेछन ।

प्रधानमन्त्री ओलीको स्वीटजरल्याण्ड भ्रमण पहिलो होइन । पहिलो पटक उनी डाभोस पुगेका थिए आर्थिक कार्यक्रममा भागलिन । त्यो कार्यक्रम ब्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीकालागि कति फाइदाजनक भयो र देशकालागि कति ? यसको लेखाजोखा गर्नु त पर्ने हो । तर, बिरालाको घाँटीमा घण्टी कसले झुण्ड्याउने ? नेपाल सरकारका सर्व शक्तिमान प्रमुखसंग त्यस्तो लेखाजोखाखोज्ने आँट कसले गर्ने ? जे भएपनि, पदबाट बिदा लिएपछि आपूmले सरकार प्रमुखका रुपमा घुमेका देशहरुको सूचिमा स्वीटजरल्याण्ड पर्ने भयो भनेर मनको सन्तोष पक्कै भएको हुनुपर्छ प्रधानमन्त्री ओलीलाई । 

स्वीट्जरल्याण्डबाट बेलायत पुगेपछि प्रधानमन्त्री ओलीको यो सिजनको असली भ्रमण शुरु हुनेछ । जनताले उनका देखाउने र चपाउने दुबैथरि दाँत देख्न पाउने छन । अक्सफोर्ड र क्याम्ब्रिजभनेका त त्यस्तै उस्तै हो । बेलायतमा रहेका नेपाली समुदायले यो पटक प्रधानमन्त्री ओलीको उखानकारिता र तुक्काकारिताको स्वाद प्रत्यक्ष पाउने छन ।

प्रधानमन्त्री ओलीले पाँचबर्षपछि नेपालमा रेल चल्ने, बिदेशबाट आएकायात्रुहरु निजगढको अन्तर्राष्ट्रिय बिमान स्थलमा ओर्लिने र द्रूतमार्गबाट घण्टा भरमा नै काठमाडौं पुगिने दिब्य जानकारी दिए कसैले पनि आश्चर्य मान्नु पर्दैन ।यस्तो पक्कै हुन्छ । तर, अहिले होइन, त्यसकालागि दुइ दशक कुर्नु पर्ला । बेलायत बसेका नेपालीले मेलाम्ची र बुढी गण्डकीको कुरा उठाउलान । तामाकोशी किन लक्ष्यभन्दा ढिलो भएकोछ ? यो प्रश्न पनि गर्लान । प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओलीलाई कसैले भेटदैन । जहाँ बसेपनि देशका प्रधानमन्त्रीसंग कुरा गर्न पाउनुलाई नेपाली जनताआफनो अहोभाग्य सम्झिन्छन । यो भाग्य उनीहरुले यूरोपमा पाउँदैछन ।

बेलायतपछि प्रधानमन्त्री ओली फ्रान्स भ्रमणमा जाँदैछन । लामो समयदेखि नेपालका प्रधानमन्त्रीले फ्रान्सको भ्रमण नगरेकाले यसलाई परराष्ट्र मन्त्रालयले “हाइप्रोफाइल” भ्रमण भनेको छ । फ्रान्समा प्रधानमन्त्रीका अन्यत्रका भन्दा फरक एजेण्डा छैनन । स्वीटजरल्याण्ड होस वा बेलायत अथवा फ्रान्स, उद्देश्य पर्यटन हो । प्रधानमन्त्री पर्यटनमा छन । राम्रै हो । तर, प्रश्नअलि घोचिलो र पेचिलो छ । के प्रधानमन्त्री ओलीकायी भ्रमणहरुको कुनै राजकीयऔचित्य छ ? सम्बन्ध सुधार र बिस्तारका नाममा प्रधानमन्त्री र विभिन्न नेताहरुको बिदेश भ्रमण बिलाश भन्दा बढी केही होइन। यस्ताअर्थ न बर्थका भ्रमणमा जानुभन्दा देशमा बसेर मौलिक चिन्तन गर्नु देशभक्ति हो । अहिलेको बिश्व राजनीतिमा नेपालको भूमिका व्दिविधाग्रस्त छ । नेपाल चीनको बेल्ट एण्ड रोड नीतिमा पनि साझेदारी जनाउँछ । अमेरिकाको हिन्द–प्रशान्त महासागरमा पनि सहमति   जनाउँछ । यो प्रमओलीकै शासनकालमा भएको छ । यति भनेपछि भ्रमणका बारे केहीभनि रहनु पर्ला र ?  (जनकपुर टुडेबाट)

ताजा खबर