आइटम डान्सर बन्दै करौडौं कमाउने नायिका

२०७६ जेठ २६ आइतबार १३:३५:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्ममा ‘आइटम डान्स’ को प्रभाव ठुलै हुने गरेको छ । फिल्महरुमा आइटम डान्सको मसालाले दर्शक आकर्षित गराउन सकिने विश्वासले पनि यसको माग बढ्दै गएको बताइन्छ ।

सुरुवातमा नृत्यांगनाहरुलाई मात्रै आइटम डान्स गराउने गरिएकोमा अहिले आएर सफल नायिकाहरुनै यसमा रमाउन थालेपछि एउटै गीतको लागि करोडौं खर्च गर्ने चलन चलेको बताइन्छ ।

गीत सफल भएमा फिल्मलाई सकारात्मक असर हुने भन्दै थुप्रै लगानी र मेहनत गर्ने चलन चलेसँगै चर्चित नायिकाहरु फिल्ममा भन्दा यस्तो आइटम गीतमा रमाउन थालेको दाबी गरिएको छ । यि नायिकाहरुले आइटम गीतकै लागि करौंडो लिने गरेको खबरहरु आइरहेको हुन्छ ।

यहाँ यस्तै चर्चित नायिकाहरुको चर्चा गरिएको छ ।

१. करीना कपूर खान
बलिउडका थुप्रै सफल फिल्ममा काम गरिसकेकी नायिका करीना कपूर खानले पनि आफुलाई सफल आइटम डान्सर सिद्ध गरिसकेकी छिन् । फिल्म ‘दबंग २’ मा आइटम डान्स गरेकी उनले उक्त गीतको लागि करौडौं रुपैंया लिएको बताइन्छ ।

२. दीशा पटानी
हालै रिलिज भएको फिल्म ‘भारत’ मा नायिका दीशा पटानीले ‘स्लो मोशन’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् । पछिल्लो समय चर्चित रहेकी यि नायिकाले उक्त गीतको लागि मोटो रकम लिएको बताइएको छ ।

३. उर्वशी राउटेला
बलिउड फिल्महरु ‘सनम रे’ , ‘हेट स्टोरी ४’ र काबील जस्तो सफल फिल्ममा काम गरिसकेकी नायिका उर्वशी राउटेला पनि आइटम डान्स गर्दै चर्चित बनेकी छिन् । उनले फिल्म ‘भाग जोनी’ आइटम गीत ‘ड्याडी मम्मी’ गीत खुब चलेको थियो ।

४. प्रियंका चोपडा
बलिउड मात्र नभएर हलिउडमा समेत काम गरिसकेकी नायिका प्रियंका चोपडाले पनि आइटम डान्समा आफुलाई प्रमाणित गरिसकेकी छिन् । उनले संजय लिला भंशालीको फिल्म ‘राम लीला’ मा ‘राम चाहे लीला’ बोलको गीतमा नृत्य गरेकी थिइन् । उनको अब्बल नृत्यले उक्त गीत रिलिज भएको केहि दिनमै ५० औं लाखले हेरेका थिए ।

५ . गौहर खान
चर्चित फिल्महरु ‘इशकजादे’, ‘रकेट सिंह’ र ‘बद्रिनाथ की दुल्हनिया’ जस्तो सफल फिल्ममा काम गरिसकेकी नायिका गौहर खान पनि आइटम गर्ल बन्दै नृत्य गरिसकेकी छिन् । उनले ‘हुआ छोकरा जवाँ रे’ बोलको गीत आइटम डान्स गर्दै राम्रो पैसा कमाएको बताइन्छ ।

६. नेहा धुपिया
सन् २००२ मा मिस इन्डिया बन्दै बलिउडमा प्रवेश गरेकी नेहा धुपियाले थुप्रै फिल्ममा काम गरिसकेकी छिन् । उनले फिल्म ‘इक्कीस तोपो कि सलामी’ नामक फिल्ममा ‘घुर घुर के’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन् ।

७. लारा दत्ता
पूर्व मिस युनिभर्स लारा दत्ताले पनि बलिउडको थुप्रै फिल्ममा काम गरेकी छिन् । फिल्ममा खासै जम्न नसकेकी उनको ‘ऐसा जादु डाला रे’ बोलको आइटम डान्स भने हिट भएको थियो । उक्त गीतबाट राम्रो रकम कमाएकी आजकल उनी फिल्मबाट बिस्तारै टाढिएकी छिन् ।  

 

ताजा खबर