यी नायक बने नयाँ ‘मिस्टर बजाज’, छिट्टै ‘कसौटी जिन्दगी के’ मा देखिंदै

२०७६ जेठ २६ आइतबार १३:०१:०० मा प्रकाशित

एजेन्सी । भारतीय टेलिभिजन सिरियल ‘कसौटी जिन्दगी के’ निक्कै नै लोकप्रिय रहेको बताइन्छ ।

लामो समयदेखि घर तथा परिवारको कहानी बिचको अनेक उतारचढावलाई देखाउँदै दर्शकहरुको माझ लोकप्रिय बनेको यस सिरियलको मन पराइएको चरित्र ‘मिस्टर बजाज’ मा नयाँ अनुहार देखिने भएको छ ।

यसअघि रोनिय रोयले उक्त भुमिका निभाएपनि पछिल्लो समय निर्माता एकता कपूरले उनको विकल्पमा नयाँ अनुहार खोजिरहेको बताइएको थियो । हालै भारतीय मिडियामा उल्लेख भए अनुसार टेलिभिजनकै चर्चित अनुहार करण सिंह ग्रोवरले मिस्टर रिसभ बजाज अर्थात् ‘मिस्टर बजाज’ को भुमिका निभाउने पक्का भएको छ ।

नायिका विपाशा वासुसँग तेश्रो विवाह गरेका करण ‘मिस्टर बजाज’ मा रुपमा छिट्टै नै पर्दामा आउने बताइएको छ । करणले विपाशा भन्दा अघि टेलिभिजनकी चर्चित नायिका जेनिफर विंगेटसँग विवाह गरेका थिए । उक्त विवाह ४ वर्ष मात्र टिकेको थियो ।

करणको पहिलो विवाह भने श्रद्धा निगमसँग भएको थिए । जम्मा १ वर्ष मात्रे उक्त विवाह टिकेका थियो ।

टेलिभिजनमा नियमित रुपमा देखिने करणले यसअघि कमेडी शो तथा डान्स रियालिटी शो मा पनि सहभागिता जनाइसकेको बताइन्छ ।

 

ताजा खबर