एउटा संगीन प्रश्न: के ओशो मारिएका थिए ?

२०७६ जेठ २५ शनिबार १२:११:०० मा प्रकाशित

काठमाडौं । हिन्दूस्तान टाइम्सका सम्पादक अभय वैद्यको खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ का सम्बन्धमा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ । 
  
 ओशो तपोवनमा आयोजित कार्यक्रममा वैद्यले सन् १९९० जनवरी १९ का दिन भएको ओशोको मृत्युसँग सम्बन्धित विषय पुस्तकमा समेटिएको जानकारी दिए। तीस वर्षको खोजबाट निस्केका रहस्य पुस्तकमा समावेश गरिएका जनाइएको छ । खोजका क्रममा ओशोको मृत्यु अस्वाभाविक र षड्यन्त्रमूलक भएको पाइएको उनले सुनाए।

 ओशोको मृत्यु हुनुभन्दा करीब दुई वर्षअघि देखिनै उनलाई आफ्नो परिवार र आमासम्मलाई भेट्न नदिएको विषय पुस्तकमा उल्लेख गरिएको पत्रकार वैद्यले बताए । ओशोको मृत्युका दिन पनि नाक कान घाँटीका डा गोकुल गोकानीलाई षडयन्त्रमूलक रुपले मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको अन्तवार्ता समेत सो पुस्तकमा समेटिएको छ । 

विदेशीले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाइ ओशो आश्रमको सम्पत्ति हडप्न षड्यन्त्र गरेको तथ्य समेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गरेका थिए । 

 नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार वैद्यबाट उनको मृत्युका बारेमा प्रस्तुत गरेका तथ्य सुनेपछि थप स्पष्ट भएको बताए । 
 
 राससका अनुसार, ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभै हत्या नै भएको भनेको विषयलाई वैद्यको पुस्तकले बल प्रदान गरेको बताए। 

ताजा खबर