फ्लप हुँदै गएका शाहरुखलाई हिरानीले बचाउन सक्लान् ?

२०७६ जेठ २४ शुक्रबार १२:५१:०० मा प्रकाशित

एजेन्सी । कुनैबेला बलिउडमा राज गरेका शाहरुख खान पछिल्लो समय फ्लप हुँदै गएका छन् । ‘किंग खान’ को उपमा पाएका उनको फिल्म लगातार असफल भएपछि उनको करियर नै संकटमा परेको विश्लेषण हुने गरेको छ ।

यस्तोमा उनी पछिल्लो समय फिल्म छनौटको विषयमा पनि शतर्क हुने गरेका छन् । अब पनि खराब फिल्म छनौट गरेमा उनको फिल्मी करियरमा पूर्ण विराम लाग्ने डरको कारण उनी सुझबुझ पूर्ण योजनामा लागेको बुझिएको छ ।

यद्यपी उनको लागि अहिले 'कालो बादलमा चाँदीको घेरा' बन्दै निर्देशक राजकुमार हिरानी आइपुगेका छन् । ‘मुन्ना भाइ एमबीबीएस’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘सन्जू’ जस्ता सफल फिल्महरु निर्देशन गरिसकेका उनले आउँदो दिनमा एउटा प्रेमकथामा आधारित फिल्म बनाउन लागेको खुलासा भएको छ ।

उक्त फिल्मको लागि शाहरुख नै उपयुक्त चरित्र भएको पनि बताइन्छ । खबर अनुसार हिरानी र खान दुबैजना फिल्मको लागि तयार भइसकेका छन् । यस्तोमा शाहरुखको ओरालो लाग्दै गरेको करियरलाई उनको उक्त फिल्मले बचाउन सक्ने विश्लेषण गरिएको छ ।

यसअघि शाहरुखले आगामी जुनमा आफुले काम गर्ने नयाँ फिल्मको बारेमा खुलासा गर्ने बताएका थिए । फिल्मको नाम भने अहिलेसम्म बताइएको छैन । फिल्मको बारेमा छिट्टै नै सार्वजनिक गर्ने तयारी रहेको बुुझिन्छ ।

 

ताजा खबर