यसकारण फिल्मबाट टाढिइन् सुस्मिता सेन

२०७६ जेठ २३ बिहीबार १३:३३:०० मा प्रकाशित

एजेन्सी । मिस इन्डिया हुँदै मिस युनिभर्सको समेत उपाधि जित्दै बलिउडमा प्रवेश गरेकी नायिका सुस्मिता सेन आफ्नो करियरमा एक सफल व्यक्तित्व रहिन् ।उनले बलिउड प्रवेश गरेसँगै सुन्दरता र आफ्नो कलाकारिताको कारण थुप्रै फिल्ममा काम गरिन् । पछिल्लो लामो समय देखि उनी फिल्ममा देखिन छाडेकी छिन् ।

सन् २०११ मा उनले फिल्म ‘नो प्रब्लम’ मा काम गरेकी थिइन् । त्यसयता उनी कुनै बलिउड फिल्ममा देखिएकी छैनन् । यसरी उनी टाढिएको कारण हालै उनले खोलकी छिन् ।

राजिभ मसन्दसँगको अन्तर्वार्तामा उनले जीवनको थुप्रै पाटोको बारेमा बताएकी छिन् । उनले आफुलाई प्राणघातक रोग लागेको र आफ्नो छोरीहरुसँग समय बिताउन पाउँदा खुशी लागेको पनि बताइन् ।

अन्तर्वार्तामा उनले बताएअनुसार सन् २०१४ मा उनलाई ‘एडर्नल क्राइसिस’ नामको समस्या देखिएको थियो । उक्त रोगको कारण उनले प्रत्येक आठ घण्टामा शक्ति बढाउने ‘स्टेरोइड्स’ को प्रयोग गर्नुपरेको थियो । दुई वर्षसम्म त्यसरी ‘स्टेरोइड्स’ प्रयोग गर्दा उनको रक्तचाप अति उच्च भएको थियो भने कपाल झर्ने लगायतको धेरै समस्या देखिएको थियो ।

सन् २०१६ मा चमत्कारिक रुपमा उनको स्वास्थ्य सुध्रदै गएको पनि उनले बताइन् । त्यसयता उनले योग र जिम्यास्टिक गर्दै शरिरलाई स्वस्थ्य बनाएको बताएकी छिन् ।

स्वास्थ्य बाहेक उनले पारिवारिक कुरा गर्दै उनले जीवनको पाटो खोलेकी छिन् । आफुले सानी छोरी अलिशालाई अपनाएको (एडोप्ट गरेको) उनले बताएकी छिन् । फिल्मी दुनियाँबाट टाढा रहेपनि आफुले सानी छोरी अलिशाको लागि समय दिन पाएकोमा खुशी रहेको पनि बताएकी छिन् । उनले रोग लाग्नु अगाडी नै फिल्मी दुनियाँबाट टाढिनुको मुल कारण अलिशा नै भएको बताइन् ।

आफ्नो जेठी छोरी रीने सेनको लागि आफुले पर्याप्त समय दिन नपाएको कारण दुखी रहेको र फिल्म छोडेर सन्तानको लागि समय बिताउँदा आफुले पछुताउन नपरेको बताइन् ।

हाल रोहमान शलसँग डेटिङमा रहेकी उनी एक्टिङमा फर्किदै छिन् । यसपटक कुनै फिल्म नभएर नेटफ्लीक्सको वेब सिरिजमा उनी आउन लागेको बताइन्छ ।

 

ताजा खबर