प्रियंका चोपडाको यस्तो चाहना

२०७६ जेठ २१ मंगलबार १३:२८:०० मा प्रकाशित

एजेन्सी । बलिउड र हलिउडमा राम्रैसँग जम्न सफल नायिका प्रियंका चोपडाको हरेक गतिविधीले मिडियामा स्थान पाउने गरेको छ ।

केहि समयअघि मेट गाला २०१९ मा लगाएको पहिरनको कारण चर्चित बनेकी उनी पछिल्लो एक अन्तर्वार्ताको कारण थप चर्चित भएकी छिन् । द सन्डे टाइम्ससँग कुरा गर्दै उनले आफुमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताएकी हुन् ।

उनलाई राजनीतिमा रहेको चासोको बारेमा प्रश्न गर्दा उनले यस्तो बताएकी हुन् । सामाजिक कार्यमा उत्तिकै व्यस्त रहने उनले मौका पाएमा आफु भारतको प्रधानमन्त्री बन्न चाहेको बताइन् ।

त्यस्तै उनले आफ्नो श्रीमान् निक जोनास पनि अमेरिकाको राष्ट्रपति बनेको हेर्न चाहेको पनि बताएकी छिन् ।

मौका पाएमा आफुले ति पदहरुमा बसेर भाग्य परिक्षण गर्ने बताएकी उनले यस्तो पदहरु सजिलै पाइने सम्भावना नरहेको पनि स्वीकारेकी छिन् । तर उनले केहि परिवर्तन भने हुनुपर्ने धारणा राखेकी छिन् ।

मिस इन्डिया हुँदै मिस वल्र्डको ताज जितेकी प्रियंकाले बलिउडमा थुप्रै फिल्ममा काम गरिसकेकी छिन् । गायनमा पनि उत्तिकै रुची भएकी उनले हलिउडका केहि फिल्ममा पनि काम गरेकी छिन् । पछिल्लो समय उनी व्यवसायिक मोडलिङमा व्यस्त रहेको बताइन्छ ।

 

ताजा खबर