कपिल शर्माले वास्तविक शमशेरलाई भेटेपछि...

२०७६ जेठ २० सोमबार १२:२६:०० मा प्रकाशित

एजेन्सी । भारतको स्ट्याण्ड अप कमेडीमा क्रान्ती नै गरेका कमेडियन कपिल शर्मा अहिले चर्चित छन् । उनको कार्यक्रम ‘द कपिल शर्मा शो’ अहिले टेलिभिजनमा सबैभन्दा बढि हेरिने कार्यक्रम मध्येको एकमा पर्ने गरेको छ । खबरहरुको अनुसार उनको शो को टीआरपी पनि उच्च रहेको छ ।  

केहि समयअघि खराब अवस्थाबाट गुज्रिएपनी अहिले पुरानै अवस्थामा फर्किसकेका कपिलले उक्त शो मा विभिन्न भुमिकामा हँसाउने गरेका छन् । कहिले अन्तर्वार्ता लिने व्यक्ति भएर, कहिले राजेश अरोरा, कहिले ईन्सपेक्टर शमशेर बन्दै दर्शकलाई पेट मिचिमिची हाँस्ने बनाइरहेका छन् ।

यि मध्ये उनले ईन्सपेक्टर शमशेर सिंहको चरित्रलाई टेलिभिजनको पर्दामा आएदेखि नै नियमित रुपमा देखाइरहेका छन् । हालसालै कपिलले आफ्नो इन्स्टाग्राम मार्फत् वास्तविक ईन्सपेक्टर शमशेर सिंहसँगको आफ्नो फोटो सार्वजनिक गरेका छन् । उनले वास्तविक शमशेरलाई एयरपोर्टमा भेटेको बताइन्छ ।

कपिलले रिल भर्सेस रियल क्याम्सन लेख्दै शेयर गरेको उक्त तस्विर अहिले भाइरल भएको छ । दर्शकहरुले यसमा रमाइला कमेन्ट गरिरहेका छन् ।

शो को सफलतासँगै सुखी जीवन बिताइरहेका कपिल पिता बन्ने खबर पनि अहिले चर्चित बनेको छ । उनको श्रीमती गिन्नी चतरथले आगामी डिसेम्बरमा पहिलो बच्चा जन्माउने खबर भारतीय मिडियामा चलिरहेको छ ।

 

ताजा खबर