केटरीनाको छनौटमा करीना ?

२०७६ जेठ १९ आइतबार १२:०४:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका केटरीना कैफ फिल्म ‘भारत’ को प्रबद्र्धनको लागि व्यस्त बनेकी छिन् । सलमान खानसँगको उक्त फिल्मबाट ठुलो अपेक्षा गरेकी उनको फिल्मको रिलिज मिति नजिकिँदै गर्दा उनको व्यस्तता पनि ह्वात्तै बढेको छ । फिल्म ‘भारत’ यहि शुक्रबार रिलिज हुने तालिका रहेको छ ।

फिल्ममा सलमानकी प्रेमिका कुमुद रैना बनेकी केटरीना फिल्मको कारण आफैं पनि चर्चामा रहेकी छिन् । हालसालै जुम टिभीको एक कार्यक्रममा उनले बोलेको कुरा अहिले चर्चित बनेको छ ।

उक्त कार्यक्रममा फिल्मको कुराकानीकै क्रममा फरक प्रसंगमा यदि केटरीना समलिङ्गी भएको भए उनको छनौटमा को हुन्थ्यो भन्ने प्रश्नमा उनको जवाफ रोचक रहेको छ । पत्रकारको यस्तो प्रश्नमा बिना हिचकिचाहट केटरीनाले अर्की बलिउड नायिका करीना कपूर खानको नाम लिएकी छिन् । उनले आफुले मात्रै होइन अरुले पनि करीनालाई नै छान्छन् भन्ने लागेको पनि बताइन् ।

केटरीनाले करीना प्रति यस्तो विशेष अनुग्रह देखाएको यो पहिलोपटक भने होइन । यसअघि उनले फिल्मफेयरसँगको अन्तर्वार्तामा पनि करीनाको विषयमा सुन्दर कुराहरु बोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई करीनासँग काम गर्ने इच्छा छ । उनी सहज, राम्री र प्यारी छिन् । ’

नियमित रुपमा केटरीनाले करीनाको प्रशंसा गरिरहँदा विश्लेषकहरुले भने यि दुई स्टारहरुको फिल्म आउन सक्ने आँकलन गरेका छन् ।

 

ताजा खबर