शेष घलेले चैं कसरी सके ?

२०७६ जेठ १९ आइतबार १०:४९:०० मा प्रकाशित

 आफुले त्यहि उठाएको रकमबाट जिविका चलाउनु पर्ने वाध्यता भएकाले देश विकास गर्छु भनेर हिँडने हाम्रो देश भावनामा बहकाउँदै छ भन्ने लाग्छ । भलै एक स्थानको समथर भूमिमा सयौं मानिससँग रकम उठाएर केहि घर बनाएको जोसमा अर्वौं रकम खर्च हुने रङ्गशाला बनाउँछु भन्ने उद्घोष गर्दा देशका प्रधानमन्त्री देखि स्थानिय स्तरका प्रमुख लगायत कम्ति हौसिएका छैनन् । 

स्थानिय समाजमा रहेको एक व्यक्तिले रङ्गशालाको बार भत्काएको भनेर कोहि गोहीको आँशु बगाईरहेका कोहि अस्वाभाविक रुपमा थुतुनो जथाभावी चलाएर उफ्रिरहेका, मानौं त्यो डोजर चलाउने भनेको नेपालको शत्रुनै हो, त्यो वाहेक चितवनका सबै जनता ठीक छन् भने जसरी भावनामा बहकाउँदै गरेको देख्दा लाग्छ यो देशमा जाने बुझेका सद्धे मानिस चाहिं छैनन्की भन्ने लागेको छ । 

शेष घलेले नेपालमा जन्मिएर लामो संर्घष पश्चात अष्ट्रे्रलियामा सफल व्यवसायी भएर नेपालको भूकम्पले ठूलो क्षति गरेको हजारौं घरहरु एक्लैले बनाई दिए । त्यसमा न कुनै डोजर चलाउने देखिए न त उनकी श्रीमतिले आक्रोश पोख्नु पर्ने अवस्था थियो । उनीहरुले आफ्नो सम्पतीबाट लागनी गर्दिए । तपाईं मात्र धन्यवादको पात्र हुन् । शेष घलेले हेर्दा यो घटनालाई कसरी हेर्छन् भन्ने मेरो सोचाई रहेको छ । 

अर्को धनी महाशय देशको समानुपातीक सांसद् पनि भएका छन् अरे, साप, के तिमी जस्ता धनाढ्यले हाम्रो देशमा रङ्गशाला बनाउन मिल्दैन ? उनको कम्पनीको चाउचाउ खाएर हाम्रो देशका धेरैले विभिन्न रोगको भारी बोकिसके । उनको कम्पनीको अल्कोहलले रोगी भएकाहरु पनि यो देशमा धेरै भैसके अनि उनीहरुले यो देशमा पैसा कमाएर विदेशमा लगानी गर्दै जाने तर हाम्रोमा केहि लगानी गर्न मिल्दैन ?

विना आधार कसैको कार्यको विरोध गर्नु भन्दा पहिला एक पटक आफुले यो देशका जनताको लागि कस्तो योगदान गरेको छु र मैले कसैको विरोध गर्दा उसलाई आहत मिल्छ कि मिल्दैन् भनेर एक पटक सोच्नु पर्दैन ? किन भावनामा बहकिँदैछ हाम्रो देश ?

ताजा खबर