यी दुई सुन्दर नायिका भूतको फिल्ममा

२०७६ जेठ १७ शुक्रबार १३:०६:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका सन्नी लियोनी भूतको फिल्ममा देखिने भएकी छिन् । सुन्दर नायिकाको छवि बनाएकी सन्नीले फिल्म ‘कोका कोला’ मा मुख्य भुमिकामा काम गर्ने बताएकी छिन् ।

फिल्ममा सन्नी सँगै अर्की सुन्दर नायिका मन्दाना करिमी पनि देखिने भएकी छिन् । सन्नीले यसअघि थुप्रै बलिउड फिल्ममा काम गरिसकेकी छिन् । त्यस्तै मन्दानाले पनि केही फिल्ममा सानो तिनो भुमिका निभाइसकेकी छिन् ।

सन्नी ‘बिग बोश सिजन ५’ मा भाग लिइ चर्चित बनेकी थिइन् भने मन्दाना ‘बिग बोश सिजन ९’ बाट चर्चित बनेकी हुन् । फिल्मको लागि उत्साहित रहेकी मन्दानाले यो फिल्म पाउन थुप्रै मेहनत गरेको खुलासा गरेकी छिन् ।

उनले सन्नी प्रति सद्भाव देखाउँदै भनिन् , ‘मैले सन्नीसँग केहि कार्यक्रममा सँगै काम गर्दा भेटेको थिएँ । उनी असाध्यै रमाइली छिन् । ’ उनले फिल्मको कथावस्तु अत्यन्त्यै रोचक भएको र आफुले यस्तो कथावस्तुमा अहिले सम्म काम नगरेको पनि बताएकी छिन् ।

प्रसाद तातिकेनीले निर्देशन गर्ने यस फिल्ममा यि दुई नायिकाको काम दर्शकको लागि सरप्राइज हुने पनि मन्दानाको दाबी छ ।

 

 

 

 

 

ताजा खबर