विवेक ओबरोइको यस्तो गल्ती, सलमानको फिल्म प्रचार

२०७६ जेठ १७ शुक्रबार ११:५३:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक विवेक ओबरोइ र सलमान खानको सम्बन्ध नराम्रो रहेको विषय नौलो रहेन ।

केहि समयअघि ऐश्वर्या रायसँगको सम्बन्धको कारण यि दुईले एकआपसमा तिक्ततापूर्ण व्यवहार देखाएका थिए । हाल ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेपनि यि दुईको सम्बन्ध उस्तै रहेको बताइन्छ । यस्तोमा विवेकको पछिल्लो एक ट्वीटले सामाजिक संजालमा तरंग ल्याइदिएको छ ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागि हुन पाएको धन्यवाद दिंदै लेखेको उक्त फिल्ममा उनले भारत शब्दलाई ह्यासट्याग लगाएका थिए । लगत्तै त्यस ह्यासट्यागसँगै सलमानको इमोजी पनि देखिएको थियो ।

सलमान खानको आउँदै गरेको फिल्म ‘भारत’ ले फिल्मको प्रचारको लागि यहि ह्यासट्यागको प्रयोग गरिरहेको बताइन्छ । यो देखे लगत्तै विवेक सामाजिक संजालमा ट्रोल भएका थिए ।

ट्वीटमा उनले लेखेका थिए, ‘सपथ ग्रहण कार्यक्रममा निम्ता गरिएकोले म आफुलाई सम्मानित महसुस गरिरहेको छु । नरेन्द्र मोदीले तेश्रो पटक सपथ लिएको हेर्दैछु, गुजरातको मुख्य मन्त्री देखि फेरी एकपटक ३भारत को प्रधानमन्त्री पदसम्म । यो अद्भुद इतिहासको सानो पाटो बन्न सकें भन्ने महसुस गरिरहेको छु । #मोदीसरकार२ #नमोअगेन #मोदीकोसपथ ।’

उनमाथी खिसी ट्यूरी बढ्दै गएपछि उनले आफ्नो गल्ती थाहा पाएको बताइन्छ । ट्वीटरमा पोष्टमा लेखिएको कुरा सम्पादन गर्ने विकल्प नभएकाले उनले उक्त ट्वीट डिलिट गर्दै उस्तै पोष्ट पुनः पोष्ट गरेको थाहा भएको छ । यसपटक भने उनले भारत शब्दलाई ह्यासट्याग बिना हालेका छन् । उनले नयाँ पोष्ट हाल्नु अघिनै यो चर्चित भइसकेको छ ।

विवेक अहिले पछिल्लो समय सामाजिक संजालमा सक्रिय देखिएका छन् । केहि समयअघि ऐश्वर्या राय विरुद्धको ट्रोल शेयर गरेर उनी चर्चित बनेका थिए । त्यस्तै उनले नरेन्द्र मोदीको बायोपिक ‘पीएम मोदी’ मा काम गरेका कारण पनि उनको चर्चा चलिरहेको बताइन्छ । उनको फिल्मले हलमा राम्रै व्यापार गरिरहेको खबर आएको छ ।

 

ताजा खबर