माधुरी भन्छिन्, ‘बायोपिक बन्ने खबर झुठो हो’

२०७६ जेठ १५ बुधबार १२:४५:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी चर्चित नायिका माधुरी दिक्षितले आफ्नो जीवनी आधारित बायोपिक फिल्म बन्ने खबर नकारेकी छिन् ।

केहि समयअघि उनको बायोपिक बन्ने हल्लाले बजार तातिएको थियो । अहिले पनि नियमित रुपमा टेलिभिजन र फिल्मको पर्दामा देखिने गरेकी यि सुन्दर नायिकाले पीटीआईसँग कुरा गर्दै बायोपिक बन्न लागेको कुरा झुठो रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘मेरो बायोपिक बन्ने हल्ला चलेको रहेछ । यो कुरा कहाँबाट आयो मलाई नै थाहा छैन । मेरो बारेमा बायोपिक बनोस् बन्ने भन्ने चाहना मलाई नै छैन । मलाई जीवनमा अझै धेरै गर्नुछ । म यस्तो हावादारी गफको पछि लाग्न चाहन्न । ’

पछिल्लो समय माधुरीले फिल्म ‘कलंक’ काम गरेकी थिइन् । फिल्मले औसत व्यापार गरेपनि दर्शकले माधुरीको कामको प्रशंसा गरेका छन् ।

यसबाहेक अर्की बलिउड नायिका प्रियंका चोपडासँग मिलेर उनले कमेडी टिभी सिरिज बनाउने खबर पनि बाहिरिएको थियो । त्यसबारेमा प्रश्न गर्दा माधुरीले भनिन्, ‘टिभी सिरिजको लागि समय लाग्छ । यो हुन नहुने बताउन सकिन्न । हेर्दै जाउँ भविष्यमा के हुन्छ । ’

पछिल्लो समय डान्स रियालिटी शो मा व्यस्त रहेकी माधुरी आगामी जुन १५ देखि शुरु हुने ‘डान्स दिवाने’ नामक शो मा देखिने भएकी छिन् ।

 

ताजा खबर