ठीकै छ रमेश र सिपोराको ‘भुईमान्छे’

२०७४ भदौ ८ बिहीबार १२:५५:०० मा प्रकाशित

काठमाडौं, ८ भदौ ।  अस्पतालमा पोष्टमार्टम गर्ने एक अधवैंसे मान्छेको सत्य कथामा बनेको चलचित्र हो ‘भुईँ मान्छे’ । चलचित्रमा कलाकार रमेश बुढाथोकीको अभिनय तारिफयोग्य त छ नै त्यसमाथि पनि उनलाई फिल्ममा भर्खरको युवाको रुपमा प्रस्तुत गरिएको हुनाले पनि फिल्म अझ रोचक बनेको छ ।

चलचित्रले दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ र उसलाई समाजले कस्तो व्यवहार गर्छ भन्ने कुरा देखाउन खोजिएको छ । समाजबाट एक्लिएका उक्त मान्छेको जीवनमा एक युवतीको प्रबेश पछि उसको मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा चलचित्रले दर्शाउन खोजेको छ । यता बुवासँग टाडिएर घरमा एक्लै बस्दै आएकी  युवती, किन एक्लै बसेकी हो र उसको अधबैशे मान्छेसँगको सम्बन्धले चलचित्रको क्लाईमेक्सलाई रोचक बनाएको छ ।

चलचित्रको मध्यान्तरसम्म कथा निकै सुस्त गतिमा अघि बढे पनि मध्यान्तर पछि भने दर्शकलाई पट्यार लाग्न छोड्छ। मुख्य कलाकारमा देखिएका रमेश बुढाथोकीको अभिनय उत्कृष्ट छ । भलिबल खेलाडी सिपोरा गुरुङको अभिनय  सरल छ । उनको र रमेश बुढाथोकीको अभिनय चलत्रिचमा एकदमै जमेको छ भन्दा अत्युक्ति हुँदैन ।

नवराज बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्रमा रङमञ्चका कलाकार बादल भट्ट, रामबाबु रेग्मी, रोहिणी भट्टराई शशांङ बोहराको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको छ । छोटो मिठो भुमिकामा आउने अनुभवी कलाकार सानु ताम्राकार, पुस्कर गुरुङ, नबिन श्रेष्ठ, तारा केसी, सौरब ढकालले राम्रो काम गरेका छन् । 
 

ताजा खबर