७० वर्षको उमेरमा हेमा मालिनी अझै फिट

२०७६ जेठ १३ सोमबार १९:१६:०० मा प्रकाशित

एजेन्सी । सदाबहार र सुन्दर नायिकाको परिचय बनाउन सफल बलिउडकी पूर्व नायिका हेमा मालिनी ७० वर्षको भइसकेकी छिन् । हालसालै सम्पन्न लोकसभा चुनावमा विजय हासिल गर्न सफल उनले हिन्दी कथानक चलचित्र ‘सपनो के सौदागर’ बाट आफनो करियर शुरुवात गरेकी हुन् । 

भारतिय सिने जगतमा ‘ड्रिम गर्ल”’ को रुपमा हेमा मालिनी चिनिन्छिन् ।  उनले आजसम्म करिब १ सय ५० चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेकी छिन् । उनी नायिका, निर्माता, निर्देशक, डान्सर हुँदै राजनीतिमा प्रवेश गरेकी छिन् । नायक धमे्रन्द्र देवलको श्रीमती हेमाले ७० वर्षको उमेरमा पनि अझै फिट छिन् ।  

बलिउड नायिका इषा देवलकी आमा हेमा अझैं उस्तै  फिट, स्वस्थ र सुन्दर रहेकामा उनको सर्वत्र प्रशंसा हुने गरेको छ । उमेर ढल्किएपनि फिट रहने हेमाको सूत्रको यहाँ चर्चा गरिएको छ । 

साइकलिङ

जिम जानु हेमा मालिनीको शौखको विषयमा पर्दैन । तर हरेक दिन १०÷१५ मिनेट साइकल कुदाउनु उनलाई रमाइलो लाग्ने बताइन्छ । यसले शरिरको तौल घटाउनुको साथै शरिरलाई रोग प्रतिरोधी बनाउने गरेको बुझिन्छ । 

योग

फिटनेसको लागि शतर्क हेमाले दैनिक ४५ मिनेटको योग गर्ने गरेकी छिन् । घरमा नहुँदा पनि उनले योग छुटाउने गरेकी छैनन् । यसकै कारण पनि उनको शरिर फिट रहेको बताइन्छ ।  

नृत्य

हेमा मालिनी दैनिक रुपमा व्यायामको लागि नृत्य गर्छिन । क्यासिकल डान्स गर्न रुचाउने उनले एक अन्तवार्तामा क्रममा दैनिक नृत्य गरेकै कारण फिट रहेको बताएकी थिइन् ।    

खानपानमा सचेत हेमाको यस्तो छ खान्की

हप्तामा दुइ दिन व्रत

हेमाले हप्तामा दुई दिन उपबास वस्ने कारण पनि उनको शरिर सदाबहार रहेको उनले बताउँछिन् । व्रतको क्रममा उनले ताजा फलफूल र ड्राई फ्रुटसको उपभोग भने गर्ने गरेकी छिन् ।

शाकाहारी भोजन

यस उमेरमा पनि सुन्दर रहन सफल हेमा शाकाहरी भोजन खान्छिन् । उनी अन्न, दाल, भात , तरकारी, पौष्टिक शाकाहारी भोजन ग्रहण गरेकै कारण पनि उनको अनुहार अझै हृष्टपुष्ट देखिने बताइन्छ । 
 
ब्रेकफास्ट

बिहानै उनले ब्रेकफास्टको रुपमा मनतातोपानीमा मह र कागती मिसाएर खाने गरेकी छिन् । दिनको दुईपटक यसको प्रयोगले हेमा मालिनीको अनुहारको चमक उस्तै रहेको बताइन्छ । 

बिहानको खाना

संयमित खानपान रुचाउने हेमाले बिहानको खानामा एक कचौरा भात, दुई रोटी, दाल र तरकारी खाने गरेकी छिन् । साथै उनी २ कप ग्रीन टी पनि लिन्छिन ।  

रातको खाना

नायिकाबाट नेतृ बन्न सफल हेमाले रातको खाना ८ बजे भन्दा अघि नै खाना खाइसक्छिन् । यसो गर्नाले खाना पाचन हुने समय पाउने उनको विश्वास रहेको बताइन्छ । 

चिनीबाट टाढा रहनु

एउटा अन्र्तवार्तामा हेमा मालिनीले भनेकी छिन् कि मैले चिनी खान छोडेको कयौं वर्ष भइसक्यो । कुनै सभा, समारोह वा पार्टीमा जाँदा उनी चिनी मिश्रित खानेकुरा प्रयोग गर्दिनन् । उनी चियामा मह मिसाएर खाने गर्छिन । यसले उनको शरिरमा अनावश्यक चिनी नभइ रोगहरु लाग्न नदिएको बुझिन्छ । 

अझै उत्तिकै सुन्दर देखिने हेमा मालिनीको ब्यूटी टिप्स यस्तो छ 

– दिनभरी आवश्यक मात्रामा पानी पिउनु को कारण अनुहारमा चमक आउने गर्छ । धेरै पानी खाने  गर्नाले शरिरमा हुने गरेको टक्सिन बाहिर निस्कन्छ । पानी पिउँदा छालामा भएको शुख्खापन टाढा हट्छ  र चमक आउँछ ।

– शरिरमा धेरै मेकअपको साटो अरोमा तेल उनी लगाउँछिन् ।

– जंक फुडको सट्टामा फलफुल खाने, तरकारी खाने गर्ने ।

– अमला, नरिवल, तुलसी, नीम आदी तेल मिसाएर कपाल मसाज गर्ने ।

ताजा खबर