आयुष्मानको फिल्म ‘आर्टिकल १५’ को टीजर रिलिज हुँदै

२०७६ जेठ १३ सोमबार १३:३८:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्म ‘आर्टिकल १५’ को टीजर आज रिलिज हुँदै छ । फिल्ममा आयुष्मान खुरानाको अभिनय जोडदार रहेको बताइन्छ । चण्डिगढमा जन्मिएका ३४ वर्षिय खुराना गायक र कविको रुपमा पनि चर्चित छन् ।

अनुभव सिन्हाले निर्देशन गरेको यस चलचित्रमा आयुष्मान पुलीसको भूमिकामा देखिने थाहा भएको छ । फिल्ममा आयुष्मानसँगै ईशा तलवार, एम नसार, मामोज पहावा, सहानी गुप्ता, कुमुद मिश्रा जस्ता कलाकार पनि रहेको बताइएको छ ।

फिल्ममा सामान्य मानिसहरुको चासो हुने विषय जस्तै धर्म, जात, लिङ्ग र जन्मको बारेमा कथा बुनेको बताइन्छ । ‘आर्टिकल १५’ लण्डन फिल्म फेष्टिबलको १० औं संस्करणको मा पनि समावेश हुने बताइएको छ ।

नायक आयुष्मान खुरानाले २०१३ मा हिन्दी कथानक चलचित्र 'विक्की डोनर' को लागि फिल्मफेयर अवार्ड जितेका थिए । उनले यसअघि ‘बरेली कि बर्फी’, ‘शुभ मंगल सावधान’ , ‘बधाई हो’, ‘अन्धाधुन’ जस्ता सफल चलचित्रमा काम गरिसकेका छन् ।

 

ताजा खबर