अजय देवगणले शेयर गरे २० वर्ष पुरानो तस्विर

२०७६ जेठ ८ बुधबार १८:००:०० मा प्रकाशित

एजेन्सी । चर्चित बलिउड नायक अजय देवगणले सामाजिक संजालमा २० वर्ष पुरानो तस्विर सार्वजनिक गरेका छन् ।

अजयले समकालीन नायिका तब्बूसँगको उक्त तस्विर शेयर गरेसँगै सामाजिक संजालमा भाइरल भएको छ । इन्स्टाग्राम मार्फत् सार्वजनिक गरिएको उक्त तस्विरमा अजयले हातमा पेन र कपि लिएर सुतिरहेको र साथमा नायिका तब्बु टोलाइरहेको देखिन्छ ।

९० को दशकमा बनेको यस जोडीको पहिलो फिल्म चलचित्र ‘विजयपथ’ को सेटबाट लिइएको उक्त तस्विरको क्याप्सनमा अजयले लेखेका छन् , “मैले आजसम्म त्यसबेला किन सुते भन्ने पत्ता लगाउन सकेको छैन, त्यसको कारण अरु केहि थियो कि तब्बु नै हुन् १”

पछिल्लो समय फिल्म ‘दृश्यम’ र ‘गोलमाल अगेन’ मा सँगै काम गरेका अजय र तब्बूको फिल्म ‘दे दे प्यार दे’ गत शुक्रबार रिलिज भएको छ । हालसम्म ५० करोड भारु कमाइ गरिसकेको यस फिल्मले बक्स अफिसमा तगडा कमाई गर्ने आँकलन गरिएको छ ।

 

 

ताजा खबर