करीना र सैफको फिटनेस सूत्र यस्तो छ

२०७६ जेठ ८ बुधबार ११:२६:०० मा प्रकाशित

एजेन्सी । बलिउडको चर्चित जोडी सैफ अली खान र करीना कपूर स्वस्थ्य जीवनशैली अपनाउने कलाकारको सूचीमा पर्छन् ।

व्यस्त फिल्मी करियरको बिचमा आफ्नो छोरा तैमूरको लागि समय पनि निकाल्ने यि आकर्षक जोडीलाई ‘फिट कपल’ को उपनाम पनि दिइएको छ । यो दुईले सन् २०१२ मा बिहे गरेका थिए ।

करीना र सैफले पछिल्लो समय डायटीशियन रुजूता दिवेकरको फेसबुक पेजमा अनलाइन आएको बेला आफ्नो फिटनेस सूत्रको खुलासा गरेका छन् ।

कुराकानीका क्रममा करीना र सैफले आफुहरुले सामान्य खाना खाने गरेको बताएका छन् । करीना भन्छिन् , ‘हाम्रो शरिरलाई चाहिने प्रोटिनको मात्रा दाल भातबाटै प्राप्त हुन्छ । यो खाँदा सन्तुष्टि पनि पाइन्छ । दाल मिठो बनाउन टन्नै घ्यू पनि हालिन्छ । त्यस्तै कहिले काहिं खिचडी खाइन्छ । ’ यि सबै खाना खाएपनि ठिक्क मात्रामा खाएको कारण आफु स्वस्थ्य र फिट रहेको करीनाले बताइन् ।

उनले थपिन्, ‘आँप खान मनलाग्दा दिनको ६ वटा होइन, एउटा मात्रै खान्छु । ’ उनले खानाको मात्रा मिलाएर खाँदा सामान्य खानाले नै मानिस फिट रहने कुरामा जोड दिइन् ।

त्यस्तै ५० वर्ष पुग्न लागेका सैफ अली खानले पनि करीनाको भनाइमा सहि थाप्दै भने , ‘वजन घटाउन कसैले पनि भोकै बस्नु पर्दैन ।’ उनले आफुले खानामा सधैं तारेको पापड खाने गरेको बताए । तर सहि मात्रा भएमा जस्तोसुकै खाना खाएर पनि फिट रहन सकिने उनको तर्क रहेको छ ।

उनले फिल्म शुटिङको क्रममा आफ्नो खाना देखेर कंगना रनौट अचम्मित भएको सम्झिंदै भने, ‘एकपटक म कंगनासँगै फिल्मको शुटिङमा हुँदा मैले ब्रेड र चीज खाएको देखेर उनी चकित परेको थिइन् । ’ कंगनाले उनलाई यस्तो खाना खाँदा पनि फिट कसरी रहेको भनेर प्रश्न गरेको पनि सैफले बताए ।

कुराकानीको क्रममा तैमूरलाई जन्माएपछि वजन बढेको करीनाले आफ्नो शरिरलाई पुनः फिट बनाएको बारेमा बताउँदै भनिन् , ‘मान्छेहरु मैले छिट्टै नै वजन घटाएको भन्ठान्छन् । तर त्यसको लागि मलाई एक वर्षनै लाग्यो । यि सबै सम्भव हुनुको मुल कारण चाहिं सहि खाना, पर्याप्त निद्रा र व्यायाम नै हो । ’

निद्राको महत्व बताउँदै उनले भनिन्, ‘मलाई अलिक छिट्टै सुत्न जान पाउँदा एकदम खुशी लाग्छ । त्यसरी सुतेर उठेको दिन म आँफुलाई अझै दुब्लो भएको महसुस हुन्छ । यसको विपरित ढिलो सुतेको दिन पेट ढुस्स भएको र चिड्चिडाहट भएको महसुस हुन्छ । ’

 

ताजा खबर