सलमान खानले शेयर गरेको फोटोमा ऐश्वर्याको मुहार हटेपछि...

२०७६ जेठ ५ आइतबार १३:४४:०० मा प्रकाशित

 

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठुलो रहेको छ । उनको औसत फिल्मले पनि सयौ करोडको कारोबार गर्ने गरेकोले पनि फिल्म उद्योगमा सलमानको चर्को माग रहेको छ ।

पछिल्लो समय फिल्म ‘भारत’ मा व्यस्त रहेका सलमानले शनिबार ट्वीट मार्फत् एक तस्विर सार्वजनिक गरेका छन् । उक्त तस्विर नायिका शर्मीन सेगलको सानो बेलाका जन्मदिनको अवसरमा खिचिएको देखिन्छ ।

नायिका शर्मीन बलिउड निर्देशक संजय लिला भंशालीका भतिजी हुन् । भंशालीले आफ्नी भतिजी शर्मीन र जाभेद जाफरीका छोरा मिजान जाफरीलाई फिल्म ‘मलाल’ मार्फत् बलिउडमा डेब्यू गराउने क्रममा छन् । उक्त फिल्मकी नायिका शर्मीनलाई बधाइ दिंदै सलमानले फोटो सार्वजनिक गरिएको थाहा भएको छ ।   

उक्त तस्विरमा सलमान साथै रहेको र शर्मीनले आफ्नो अंकल संजयलाई केट खुवाउँदै गरेको देखिन्छ । सलमानले २० वर्ष अघिको यस तस्विर यसरी शेयर गर्नुको मुल कारण भने उनले शर्मीनलाई सानैदेखि चिनेको र उक्त समय सम्झेको बताइएको छ ।
 
उक्त तस्विरको पछाडीपट्टी भने एक महिला पिंक ड्रेसमा देखिएपनि अनुहार काटिएको देखिएको छ । सलमानको फ्याहरुकोे दाबी अनुसार उनी नायिका ऐश्वर्य राय हुन् ।

सलमानले ऐश्वर्यको अनुहार हटाएपनी फ्यानहरुले थाहा पाएर ट्वीटरमा व्यापक कमेन्ट गरेका छन् । यो तस्विर फिल्म ‘हम दिल दे चुके सनम’ को बेलाको रहेको पनि कमेन्टमा खुलेको छ ।
 
ऐश्वर्य राय अहिले नायक अभिषेक बच्चनसँग विवाह गरेर सन्तान पनि पाइसकेकी छिन् । त्यस्तै सलमान भने अहिलेसम्म अविवाहित नै छन् । यि दुईको प्रेम सम्बन्ध त्यसबेल उत्कर्षमा थियो ।
अहिले सलमानले यसरी ऐश्वर्यको फोटो काट्नुलाई धेरैले खासै नौलो मानेका छैनन् । तथापी यि दुईलाई जोडेर पहिला धेरै चर्चा चलेकोले उक्त समयको याद भने ताजा भएको बताइएको छ ।


 

 

ताजा खबर