प्रियंका चोपडा गर्भवति रहेको दाबी, यस्तो छ आधार

२०७६ जेठ ५ आइतबार १२:४५:०० मा प्रकाशित

एजेन्सी । बलिउड र हलिउडकी नायिका प्रियंका चोपडाको बारेमा मिडियामा चर्चा हुनु नौलो विषय रहेन । सेलिबे्रटी गायक निक जोनससँग विवाह गरेकी उनको हरेक औपचारिक कार्यक्रमको सहभागिता नै समाचार बन्ने गरेको छ ।

कतिपय अवस्थामा उनले नितान्त निजी मान्दै बोल्न नचाहेको विषय पनि समाचार बनिरहेको हुन्छ । पछिल्लो समय यस्तै खबर बाहिरिएको छ । केहि समयअघि उनको ‘बेबी बम्प’ देखिएको र उनि गर्भवति रहेको खबर सेलाउन नपाउँदै अहिले फेरी उनी गर्भवति रहेको खबर बाहिरिएको छ ।

कान्स फिल्म फेस्टिभल २०१९ को कार्यक्रमहरु चलिरहँदा प्रियंका नियमित रुपमा उक्त कार्यक्रममा सहभागि भइरहेकी छिन् । सोही कार्यक्रमको फोटोहरु उनको इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त फोटोमा अमेरिकी नायिका अक्टाभीया स्पेन्सरको कमेन्टले उनी गर्भवति भएको खबरलाई बल दिएको दाबी गरिएको छ ।

अक्टाभीयाले प्रियंकाको उक्त फोटोमा ‘स्टनिङ मामासिता’ लेखेकी छिन् । यसको अंग्रेजी अर्थ हट मम्मा अर्थात् नेपालीमा आकर्षक आमा भन्ने बुझिन्छ ।

विवाह अघिदेखी नै निक र प्रियंका संँगै रहेको कारण विवाह भएको धेरै नहुँदै यि दुई परिवार विस्तार गर्ने योजना बनाएको अनुमानका बिच स्पेन्सरको यो कमेन्टलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।

प्रियंका र स्पेन्सर नजिकको साथी रहेको बताइन्छ । पछिल्लो समय यि दुईजना ‘अ किड लाइक जेक’ नामक प्रबद्र्धनात्मक कार्यक्रममा एकैसाथ देखिएका थिए ।

प्रियंका अहिले आफ्नो फिल्म ‘द स्काई इज पिंक’ मा व्यस्त छिन् । प्रियंकाको पनि लगानी रहेको यस फिल्ममा फरहान अख्तर, जाइरा वासिम पनि रहेकी छिन् ।

 

ताजा खबर