वरुण धवनको यस्तो उदारता

एजेन्सी । बलिउड स्टारहरु आफ्नो लुगाको लागि मात्रै लाखौं खर्च गर्ने गरेका छन् । महँगो जीवनशैलीमा बाँच्न रुचाउने यि स्टारहरुको आम्दानी पनि राम्रो हुने गरेको छ ।
यसैका बिच केही नायक नायिका भने सामाजिक काममा पनि तल्लिन हुने गरेका छन् । कतिपयले आफ्नो संस्था खोल्दै दुखी र असहायलाई सहयोग गर्छन् भने कतिपयले परिस्थीती अनुसार सहयोग गर्दै आफ्नो उदारता देखाउँछन् ।
पछिल्लो समय यस्तै उदारता बलिउड नायक वरुण धवनले देखाएका छन् । उदाउँदा नायक वरुणले नृत्य गर्ने क्रममा गम्भिर घाइते भएका ईशान नाम गरेका डान्सरलाई ५ लाख भारु सहयोग गरेका छन् ।
डान्स गर्ने क्रममा गर्धनको हाड भाँच्चिइ ईशान अस्पताल भर्ना भएको तर उपचारको लागि पैसा भएपछि उनको सहयोगको लागि साथीहरुले अभियान नै चलाएका थिए । वरुणले उक्त अभियानको पोष्ट देखेर फेसबुक मार्फत् आफुले सहयोग गर्न चाहेको बताएका थिए । वरुणले ईशानको उपचारको लागि आफैंले भेटे ५ लाख भारु सहयोग गरेपनि आफुले यसबारे कसैलाई बताएका थिएनन् ।
उनले सहयोग गर्न चाहेको कुराको स्क्रीन शट लगायतका विषयलाई अभियानकर्ताले पोष्ट बनाइ सामाजिक संजालमा हालेपछि यो कुरा बाहिरिएको थियो । हाल उक्त पोष्ट भाइरल भइरहेको छ ।
मौकामा यसरी उदारता देखाएका नायक वरुणको नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ र ‘कुली नम्बर १’ निर्माण चरणमा रहेको छ ।