सुनिल ग्रोवरले भुलेनन् कपिलसँगको दुश्मनी

२०७६ बैशाख ३१ मंगलबार १२:५०:०० मा प्रकाशित

एजेन्सी । कमेडियन कपिल शर्मालाई सफलताको शिखरमा पु¥याउन महत्वपूर्ण भुमिका खेलेका सुनिल ग्रोवर हाल फिल्म ‘भारत’ को काममा व्यस्त छन् ।

दुईवर्ष अगाडि हवाइजहाजमा कपिलले दुव्र्यवहार गरेपछि टुटेको यि दुई पूर्व मित्रको सम्बन्ध अहिले सम्म जोडिन सकेको छैन । पछिल्लो समय विवाह गरेर बानी व्यवहार सुधारेका कपिलले त्यसबेला आफु गलत रहेको बताउँदै माफी मागेपनि सुनिलले कपिलसँग पुनः मिलेर काम गर्न अस्विकार गरिसकेका छन् ।

यहि विषयमा पछिल्लो समय एक अन्तर्वार्तामा कुरा गर्दै सुनिलले अझै दुश्मनी नभुलेको आशय व्यक्त गरेका छन् । डीएनएलाई दिएको अन्तर्वार्तामा उनले यसबारे बोलेका छन् ।

यसअघि अन्य प्रोडक्सन हाउसबाट संचालित ‘द कपिल शर्मा शो’ लाई अहिले सलमान खानको प्रोडक्सन कम्पनीले संचालन गरिरहेको छ । आफुले लगानी गर्ने भएकोले कपिलसँग काम गर्न सलमानले सुझाएको सुनिलले बताए ।

सलमानले उक्त शो मा आफुलाई फर्कन सुझाव दिएपनि आफु नगएको उनले खुलाशा गरे । कुराकानीकै क्रममा उनलाई ‘द कपिल शर्मा शो’ हेर्ने गर्नु भएको छ भन्ने प्रश्नमा उनले आफुले काम नगरेको शो आफुले नहेर्ने गरेको भन्दै कुटनैतिक जवाफ दिए ।

उनले कपिलको शो को कमजोरी उल्लेख गर्दै उक्त शो पुरानै कलाकारको पुरानै काम देखाइएको आरोप पनि लगाए । उनले आफुलाई कमेडी मनपर्ने भएकोले नयाँ टिम र नयाँ विषयवस्तुमा काम गर्ने इच्छा रहेको बताए ।

फिल्म ‘भारत’ मा सलमान खान, केटरीना कैफसँग काम गरेका सुनिल अहिले अन्य कार्यक्रमहरुमा पनि व्यस्त रहेको बताइन्छ ।   

 

ताजा खबर