२० करोड मूल्यको मूर्ति राख्ने  तयारी 

२०७४ असार १ बिहीबार १७:३८:०० मा प्रकाशित

भक्तपुर, १ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ । 

करिब २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट सो मूर्ति स्थापना गर्न लागेको बताएका छन् । 

शिवतान्त्रिकले जानकारी दिए अनुसार मूर्ति आगामी नाग पञ्चमीको दिन शिलान्यास गरिनेछ । 

ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न सुडाल कलमसीस्थित ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिका कल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्ष अघि दर्ता भइसकेको छ । तत्कालीन सुडाल गाविसको वडा नं ८ र ताथली गाविसको वडा नं ४ मा रहेको ८२ रोपनी सार्वजनिक जग्गा मन्दिरको नाउँमा दिइएको तत्कालीन सुडाल गाविस सचिव बद्री नेपालले बताए ।

ताजा खबर