राखी सावन्तले बोकिन् पाकिस्तानी झण्डा

२०७६ बैशाख २६ बिहीबार १२:४३:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी आइटम डान्सर राखी सावन्त सधैं नै विवादको घेरामा हुन्छिन् । मिडियामा छाउन रुचाउने राखी केहि नपाए आफ्नो भनाइको कारण पनि विवादमा आउने गरेकी छिन् ।

सामान्यता उनले आफ्नो सामाजिक संजालका पोष्टहरुको जवाफ भने दिने गरेकी छैनन् । तर बुधबार आफ्नो तस्विर विरुद्ध गलत कमेन्ट गर्नेमाथी भने राखी भड्केकी छिन् ।

इन्स्टाग्राममा उनले मा पाकिस्तानी झण्डा बोकेको एक तस्विर शेयर गरेकी थिइन् । उनको उक्त तस्विरको विस्तृत विवरण नबुझ्दै भारतीय फ्यानहरुले उनी विरुद्ध जथाभावी कमेन्ट गर्न थालेका थिए ।  

कतिपयले उनलाई अपशब्द प्रयोग गरे भने कतिपय अनेक शब्द प्रयोग गर्दै उनलाई ट्रोल गरेका थिए ।

उनले आफ्नो तस्विरमा पाकिस्तानी झण्डा बोक्नुको कारण स्पष्ट पार्दै लेखिन्, ‘मलाई मेरो देश भारत प्यारो छ, तर फिल्म ‘धारा–३७०’ मा मेरो पाकिस्तानी नृत्यांगनाको भुमिका रहेकोले मैले झण्डा बोकेकी हुँ । ’

झण्डा जुनसुकै देशको भएपनि सम्मान गर्नुपर्ने उनले बताइन् । लडाइँ भनेको आतंकवादसँग मात्र भएको कुनै देशको झण्डासँग नभएको पनि उनले उल्लेख गरिन् ।

यति भनिसक्दा पनि उनको एक फलोअरले पाकिस्तानी झण्डालाई ट्वाइलेट पेपरको संज्ञा दिएपछि भने राखी भड्केकी थिइन् ।

उनले रिसाउँदै लेखिन्, ‘तिमिहरु कति घटिया सोच भएको मानिस छौ, यस्ता मान्छेहरु मेरो  इन्स्टाग्राम पेजबाट भागे हुन्छ ।’

 

ताजा खबर