म्याग्दीको सामुदायिक वनमा पर्यापर्यटन

२०७६ बैशाख २५ बुधबार १३:४१:०० मा प्रकाशित


म्याग्दी। हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लाका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।

पर्यापर्यटन कार्यक्रम लागू भएका सामुदायिक वनमा बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित बगरफाँट सामुदायिक वन, बेनी–५ पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पुला गाजने सामुदायिक वन तथा बेनी–६, अर्थुङ्गेको खैरेनी सामुदायिक वन रहेका छन् । यसैगरी धौलागिरि गाउँपालिका–३ मुनाको दहपातल सामुदायिक वन, मालिका–५ को भिरखर्क सामुदायिक वन र रघुगङ्गा–५ झीँको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

ती सामुदायिक वन उपभोक्ता समूहमार्फत् सामुदायिक वन क्षेत्रमा वनभोजस्थल निर्माण गर्ने, मठमन्दिर पुनःनिर्माण तथा मर्मत, मन्दिरको घेराबार एवं शौचालय निर्माण, पदमार्ग निर्माणजस्ता काम अगाडि बढाइएको छ । कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई रु पाँच पाँच लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोनुपर्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा शौचालय निर्माण गरिएको छ भने घेराबार लगाउने कार्यक्रमसमेत रहेको छ ।

सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।

उनका अनुसार सातै सामुदायिक वनमध्ये बगरफाँट र अर्थुङ्गेको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट आएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको सहायक वन अधिकृत बल्छौडीको भनाइ छ ।

कार्यक्रममार्फत् वन्यजन्तु सफारी तथा अवलोकन, भ्यूटावर निर्माण, संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रम अगाडि सारिएको जनाइएको छ । सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक वस्तु, मठमन्दिरको संरक्षण र विकास गर्ने तथा हरियाली प्रवद्र्धन गरेर पर्यटक आगमन बढाउने र आयआर्जनसँग जोड्ने कार्यक्रमको उद्देश्य रहेको छ । सामुदायिक वन क्षेत्रमा जडीबुटीको समेत खेती गर्न सकिने सम्भावना रहेको छ ।

सामुदायिक वन क्षेत्रलाई स्थानीय बासिन्दासँग आर्थिक उपार्जनका हिसाबले जोड्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा पनि पर्यटकलाई पु¥याई उनीहरुबाट आर्थिक लाभ लिन पाउने भएपछि कार्यक्रम सञ्चालन गरिएका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता पनि खुशी भएका छन् ।

धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड

हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाका विभिन्न ठाउँमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा घतानका विभिन्न स्थानमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जगन्नाथ–डढेकोट–ढोलठान राजदरबार–पुलहाश्रम र गलेश्वर मन्दिरको भ्रमणमा निस्किएका सरोकारवालाले यस्तो बताएका हुन् । विभिन्न सामाजिक क्षेत्र तथा सङ्घसंस्थामा आबद्ध व्यक्तित्वले धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।
    
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा सहभागी पशुपति क्षेत्र विकास कोष काठमाडौँका सदस्य घनश्याम कोइरालाले धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत् नगर क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिएको बताए ।

कार्यक्रमको अवसरमा प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा डढेकोट दरबार भ्रमण गरिएको थियो । यसैगरी ढोलठानको राजदरबार, पौलस्त्य पुलहाश्रम र गलेश्वर मन्दिरमा पदाधिकारी तथा स्थानीयसँग भेटघाट गरी अन्तत्र्रिmया एवं छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले पनि धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका क्षेत्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
   

ताजा खबर