आलीयाबारे यसो भनिन् अनन्या पाण्डेले

२०७६ बैशाख २५ बुधबार १३:१८:०० मा प्रकाशित

एजेन्सी । फिल्म ‘स्टुडेन्ड अफ दि इयर’ बाट बलिउडमा पाइला हालेकी नायिका आलीया भट्ट विभिन्न कारणले चर्चामा रहने गरेकी छिन् ।

हालै उनको पदचिन्ह पछ्याउँदै सोही फिल्मको सिक्वेल ‘स्टुडेन्ड अफ दि इयर २’ मार्फत् बलिउडमा पाइला हाल्न लागेकी अनन्या पाण्डेको भनाइका कारण आलीया चर्चित बनेको बुझिएको छ ।

अनन्याले आलीयालाई आफ्नो आदर्श नायिका भएको बताएकी छिन् । उनले भविष्यमा आफु पनि आलीया जस्तै सफल नायिका बन्न चाहेको खुलासा गरेसँगै यि दुईको चर्चा ह्वात्तै चुलिएको छ ।

आलीया भट्ट निर्देशक महेश भट्टकी छोरी हुन् भने अनन्या पाण्डे बलिउडकै नायक चंकी पाण्डेकी छोरी हुन् । दुबै स्टारका सन्तान भएकाले तथा पहिलो फिल्म पनि उस्तै भएकोले अनन्याको पनि बलिउडमा भविष्य राम्रो रहेको बताइन्छ ।

अनन्याले आफुलाई आलीया उनको पहिलो फिल्म देखि नै मन परेको र समयक्रममा आलीयाले आफुलाई परिपक्व बनाएको कुराले आफुमा पनि त्यस्तै गर्ने जोश आएको बताएकी छिन् ।

अनन्यासँग फिल्म ‘स्टुडेन्ड अफ दि इयर २’ मा टाइगर श्राफ र तारा सुतारिया पनि मुख्य भुमिकामै रहेका छन् । यो फिल्म आगामी शुक्रबार रिलिज हुँदैछ ।

पहिलो फिल्म निस्किनु अघिनै व्यस्त अनन्याको अर्को फिल्ममा पनि काम गर्ने पक्का भइसकेको छ । सन् १९७८ को फिल्म ‘पति, पत्नि और वो’ को रिमेकमा काम गर्नको लागि अनन्या अनुबन्धित भइसकेको खबर थाहा भएको छ ।

 

ताजा खबर