पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको ‘डेब्यू’ यी नायकसँग

२०७६ बैशाख २५ बुधबार १२:२०:०० मा प्रकाशित

एजेन्सी । सन् २०१७ मा विश्व सुन्दरीको उपाधि जितेकी मानुषी छिल्लरले बलिउडमा डेब्यू गर्ने पक्का भइसकेको छ ।

यसअघि मानुषीले नायक रणबीर सिंहसँगको फिल्मबाट बलिउडमा पहिलो कदम राख्ने बताइपनि हाल अर्का नायकसँग उनको पहिलो फिल्म आउने बताइन्छ ।

मानुषीले चन्द्रकान्त द्विवेदीले निर्देशन गर्न लागेको बायोपिक फिल्ममा अक्षय कुमारसँग डेब्यू गर्ने खबर बाहिरिएको छ । यशराज फिल्मसले लगानी गर्ने यो फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेको बताइएको छ ।

पछिल्लो समय बलिउडमा आउने खबरसँगै मानुषीले डान्स र एक्टिङका कक्षाहरु लिने गरेकी छिन् । उनलाई चिन्नेहरुका अनुसार उनीमा एक सफल नायिका बन्न सक्ने खुबी रहेको छ ।

खबरहरुको अनुसार मानुषीले केहिपछि रणबीरसँग पनि फिल्म गर्नेछिन् भने उनलाई फराह खानको फिल्ममा पनि अफर आएको छ ।

 

ताजा खबर