राम्री देखिन खोजेकी प्रियंका चोपडा ट्रोलको शिकार भइन्

२०७६ बैशाख २४ मंगलबार १३:३१:०० मा प्रकाशित

एजेन्सी । बलिउड र हलिउडमा उत्तिकै चर्चित नायिका प्रियंका चोपडा विभिन्न कारणले चर्चामा आइरहन्छीन् ।

कहिले इन्टरनेटमा सबैभन्दा बढि खोजिएकी नायिका भएर भने कहिले इन्स्टाग्राममा धेरै फलोअर भएको कारण । ठुलो फ्यानबेस भएकी प्रियंका कहिलेकाहीं ट्रोलको शिकार पनि हुने गरेकी छिन् ।

पछिल्लो समय उनले राम्री देखिन फरक फेशन र मेकअप साथ आएको फोटोलाई विषय बनाउँदा भारतमा उनी ट्रोलको शिकार भइरहेकी छिन् ।

मेट गाला २०१९ कार्यक्रममा प्रियंकाले पृथक फेसनसाथ आफ्नो श्रीमान निक जोनससँग आएकी थिइन् । कार्यक्रममा थिमनै ‘क्याम्पः नोट्स अफ फेशन’ रहेकोले पनि प्रियंका यस्तो नौलो अवतारमा आएकी थिइन् ।

प्रियंकाले लगाएको लुगा मात्र होइन, उनको हेयरस्टाइल र मेकअपको कारण कार्यक्रममा राम्रै चर्चा पाएकी छिन्। यद्यपी उनको तस्विरमा भारतीयहरुले भने भुत जस्तै देखिएको भन्दै मजाक उडाएका छन् ।

भारतीय नागरिक राहुल कुमार गुप्ताले उनको तस्विरलाई साझा गर्दै भने धेरै गाँजा खाँदा यस्तो हुन्छ । त्यस्तै क्यारोलीना नामको ट्वीटर प्रयोगकर्ताले जोकरको फोटो र प्रियंकाको फोटोमा केहि फरक नपाएको लेखेकी छिन् ।

हर्ष यादव नाममा ट्वीटेले उनको फोटो सार्वजनिक गर्दै ‘हाम्री देशी गर्ल दुष्ट आमाको अवतारमा आएकी छिन्’ भनेका छन् । केहिले उनलाई डायन पनि भनेका छन् ।

उनको फेशनमाथी नकारात्मक टिप्पणी गर्नेहरुको संख्या धेरै भएपनि केहिले भने उनको समर्थनमा पनि लेखेका छन् । ‘श्रीमान् साथै हुँदा उनले यस्तो फेशन गरेकी छिन् । श्रीमान्लाई नभएको समस्या तिमीहरुलाई किन ?’ भनेर केहिले प्रश्न पनि गरेका छन् ।  

 

ताजा खबर