गर्भवति रहेको हल्लाबारे यसो भन्छिन् कमेडियन भारती

२०७६ बैशाख २४ मंगलबार १३:०७:०० मा प्रकाशित

एजेन्सी । कमेडियन भारती सिंहले आफ्नो कार्यक्रम ‘खतरा खतरा खतरा’ को सेटमा उल्टी गरेकी छिन् । उक्त घटनापछि श्रीमान् हर्ष लिम्बाचियासँगै कार्यक्रम गरिरहेकी भारती प्रेगेन्ट रहेको खबर फैलिएको छ ।

सन् २०१७ को डिसेम्बरमा हर्षसँग विवाह बन्धनमा बाँधिएकी भारती अहिले उक्त शो बाहेक द कपिल शर्मा शो मा पनि काम गरिरहेकी छिन् । यसअघि भारतीले सन् २०१९ मा सन्तान जन्माउने योजना रहेको पनि बताएकी थिइन् ।

भारतीय मिडियाहरुले सोही आधारमा पनि भारती प्रेगनेन्ट रहेको समाचारहरु बनाइरहेका छन् ।

यस्तोमा भारतीले एक कार्यक्रम मार्फत् आफु गर्भवति नभएको खुलाशा गरेकी छिन् । आफुलाई वायुरोग भएको कारण उक्त कार्यक्रममा उल्टी आएको पनि उनले बताइन् । सन्तान जन्माउने विषयमा बोल्दै उनले सन् २०१९ मै सन्तान जन्माउने योजना रहेको तर नोभम्बर महिनामा मात्र शुरु हुने बताइन् ।

अहिले आफु काममा व्यस्त भएकोले बच्चा पाउने बारे सोच्न नसकिने पनि उनको कथन रहेको छ ।  

ताजा खबर