तस्विरमा दामनको सुन्दरता

२०७६ बैशाख २४ मंगलबार १०:३२:०० मा प्रकाशित

दामन नेपालको मध्यमाञ्चल विकाश क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय तथा कृषि क्षेत्र हो। भरपूर प्राकृतिक दृष्टिकोणले पनि लोभलाग्दो छ। यस ठाउँमा घुम्न वर्षेनि लाखौं आन्तरिक एवंम बाह्य पर्यटकहरू आउने गर्दछन। दामनमा अवस्थित भ्यूटावरबाट सगरमाथा हिमाल प्रष्ट हेर्नसकिने भएकाले पनि यस दामन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। हिमालमा हिउँसँग खेल्दाको रमाइलो देखि देश नेपालको उच्च स्थानमा रहेको अग्लो अनि चुचुरो सगरमाथा हेर्न पाउँदा पर्यटकहरू वर्षेनि यस ठाउँमा आएर बस्ने, घुम्ने खाने गर्दछन।

ताजा खबर